ट्रेण्डिङ

नेपालगन्ज : ग्रामीण प्रवद्र्धन हेतुले सुरु ‘गाउँ पर्यटन’ अर्थात् होमस्टे यतिबेला रेष्टुरेन्टमा परिणत भएको देखिएकाे छ । अहिले यस्ता हाेमस्टे युवायुवतीकाे डेटिङ स्थलका रूपमा विकसित भैरहेका छन ।

बाँकेको गाभर लगायत विभित्र ठाउँमा सन्चालित हाेमस्टे पहिला हाेमस्टेकै अवधारणामा खाेलिएपनि अहिले रेष्टुरेन्टमा परिणत हँदा गाभर युवायुवतीका लागि उपयुक्त डेटिङ प्वाइन्टका रूपमा देखिएकाे छ । बाँकेमा गाभर, खडगवार,ढकेरी, फत्तेपुर लगायतका ठाउँमा हाेमस्टेका नाममा रेष्टुरेन्ट चलिरहेकाे स्थानीय बताउँछन् ।

हाेमस्टे भनेपछि सुरक्षित स्थानका रूपमा लिइने र पुलिस चेकजाँच समेत नहँने भएपछि अहिले हाेमस्टेले रुप फेरेका छन ।

आत्मीय गाउँले व्यवहार, सरसफाइ एवं स्थानीय अर्गानिक परिकारको स्वाद तथा संस्कृति अवलोकन नै ‘होमस्टे’को मुख्य आकर्षण हुन् । तर, यतिबेला यहाँका हाेमस्टेमा यसाे देखिदैन । सन्चालक पनि कमनउधन्दामा लागेका छन ।

गाभर भ्यालीमा सामुदायिक होमस्टे एउटा छ । जसमा ९ वटा घर समावेश छन्। त्यस्तै तीनवटा निजी होमस्टे रहेको छ। खडगवार, ढकेरीमा पनि करिब आधा दर्जन हाेमस्टेका नाममा रेष्टुरेन्ट छन । यसरी चलेका होमस्टे नामक रेष्टुरेन्टले मासिक एक लाखदेखि डेढ लाखसम्मको कमाइ गर्ने गरेका छन ।

अहिले गाभर–च्यामा क्लस्टरका लागि पाँचवटा घर निर्माण छन् । गुमनाम गाभर भ्याली अहिले पर्यापर्यटकीय आकर्षण त बनेकाे छ । तर, हाेमस्टे सेवाका लागि मात्रै नभएर युवायुवतीकाे डेटिङ स्थलमा रूपमा ।

होमस्टेमा पाहुनाको चाहनाअनुसार परम्परागत पहिरनमा घंगरीया, अंगिया, उनिया, पैडा, गरेला, थिच्चु, फुल्बालगायतका पहिरन र भेषभूषा लगाएर युवा/युवतीले नृत्यसमेत देखाउने गर्छन् । तर, गाभरमा यसताे कहिल्यै नदेखिएको तेयहाँ जाने जाे काेहि बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय