नेपालगन्ज : विचौलियाका कारण बाँकेमा अन्डाको मुल्य अकाशिएको देखिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।
यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग मिलोमतो गरी नियामक निकाय भने मौन बसेको उपभोत्ताको आरोप छ ।
अन्डाको लागत मूल्य नपाएपछि किसान विस्थापित हुन थालेका छन् । यो बिचमा अन्डाको मूल्यवृद्धि भएको छ तैपनि किसानको लागत उठ्न सकेको छैन ।
केही महिनाअघि अन्डाको मूल्य प्रतिगोटा १५ थियाे । तर, अहिले नेपालगन्ज बजारमा २० पुगेकाे छ ।
यसले किसानभन्दा पनि उपभोक्ता निकै मारमा परेका छन । किसानले एउटा अन्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अन्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ ।
बिचौलियाले बिचमा एउटा अन्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खान्छन् । अन्डाको मनपरि मूल्यका कारण उपभोक्ता मारमा परेका छन ।
तर यहाँ यसकाे निरन्तर अनुगमन समेत हुन सकेकाे छैन । जसमा स्थानीय पालिका, खाद्य नियन्त्रण र प्रशासन उदासीन देखिएका छन ।






