नेपालगन्ज : स्वास्थ्य विमा नै संकटमा परिरहेको बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले २७ साउनमा आफ्नो कार्ययोजना सार्वजनिक गर्दै भने, ‘बीमाको दायरालाई बढाएर कम्तीमा ५ लाख रुपैयाँ बराबर बनाउनुपर्छ भन्ने प्रस्ताव छ ।’
सरकारका स्वास्थ्य कार्यक्रमहरुलाई एकीकृत गरेर बीमा अन्तर्गत ल्याउने निर्णयमा सरकार कहिले पुग्छ कुनै टुंगो छैन । तर स्वास्थ्यमन्त्री पौडेलले भने हतारमा बीमा रकम बढाउने प्रचारमुखी घोषणा गरेका हुन ।
सबै नागरिक नसमेटिएको र कडा रोग लागेमा उपचार गर्न पैसा तिर्न नपुगेको भन्दै उनले बीमा रकम एक लाखबाट ५ लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका हुन् ।जानकारहरू पनि स्वास्थ्य बीमाप्रति आकर्षण थप्न जरुरी मान्छन् ।
बीमा रकमको दायरा बढाउने स्वास्थ्यमन्त्रीको प्रस्तावले राजनीतिक रुपमा आकर्षण त गर्न सक्छ, तर अहिले नै पाँच लाख रुपैयाँ पुर्याउन असम्भव जस्तै छ ।
बीमा बोर्डका पूर्वनिर्देशक डा. रमेशकुमार पोखरेल भन्छन्, ‘नागरिकको ध्यान खिच्न मन्त्रीहरूले केही योजनाहरू घोषणा गर्छन् । तर वर्तमान अवस्थामा पाँच लाख रुपैयाँको बीमा सीमा तत्काल असम्भव छ ।’
मन्त्रीले सस्ताे लाेकप्रियताका लागि यसरी हचुवामा बनेलेपनि याे तत्काल सम्भव नहुने मन्त्रालयकै बिज्ञहरु बताउँछन् ।






