ट्रेण्डिङ

नेपालगन्ज : बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने अभियानले सार्थकता पाउने अब पक्का भएको छ । उक्त जिल्लाहरु हाल लुम्बिनीमा छन्।

यी जिल्लालाई कर्णालीमा गाभ्न नेपालगन्जका तत्कालीन मेयर र अहिलेका सांसद डाक्टर धवलशम्सेर राणा, दिपा शर्मा बर्दियाका सासद सन्जय गाैतम लगायतले सदनमा र पत्रकार कमल न्याैपानेले सन्चारका माध्यमबाट उठाउदै आएकाे आवाज यतिवेला कर्णालीकम सासद हृदयराम थानि, पुर्ण खड्का लगायतकाे पहल सकृयतामा अभियानले सार्थकता पाउने पक्का जस्तै भएकाे हाे ।

सो प्रदेशमा बसेर जिल्लाको विकास नहुने स्थानीय राजनीतिक दल तथा नागरिक समाज निस्कर्ष छ।
प्रदेश पाँचको स्थायी राजधानी तोक्न अन्यौल भईरहेको छ। बाँके र बर्दियालाई कर्णालीमा गाभ्न संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बाहेक अन्य सबै दल एकमत छन्।

प्रदेश पाँचको अस्थायी राजधानी बुटवल वा देउखुरी हुँदा बाँके र बर्दिया हरेक हिसाबले बञ्चित हुनु परेको र स्थायी राजधानी दाङभन्दा पूर्व तोकिएमा बाँके र बर्दियाबासीलाई अपायक पर्ने भन्दै प्रदेश पाँचमा रहनुको औचित्य नरहेको निस्कर्ष निकालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय