ट्रेण्डिङ

नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नम्बर एकका क्षत्रीय संयाेजक सुर्य ढकालकाे गुटगत राजनिती र खुुराफात तथा झुटकाेखेतिले बाँके एमालेका संगठित सदस्य विचलित मात्रै  भएका छैनन पार्टी संरचना नै ध्वस्त हुने अबस्था देखिएको छ । दिनप्रतिदिन ढकालका कर्तुत बाहिरिन थालेका छन ।

विना कारण पार्टी संगठित सदस्य र सत्य तथ्य तथा आर्थिक अपारदर्शी सम्बन्धि समाचार लेखेकाे कारण पत्रकारलाई स्पष्टीकरण साेध्ने निर्णय बाँके निर्वाचन क्षेत्र १ का संयाेजक सुर्य ढकालकाे  जबर्जस्ती दबाबमा गरिएको खुलेकाे छ ।

साँसद समेत रहृेका ढकालकाे पार्टी भित्रकाे खुराफात, झुट, गुटउपगुट निर्माणका गलत कार्य र एमाले ध्वस्त बनाउन उनकाे भुमिकाका वारे स्टाटस र समाचार लेखेपछि आफ्ना अराजक र अपच्य गतिविधि बाहिरिकाे भन्दै उनले आलाेचनात्मक सुझाव सहितका स्टाटस र कमेन्ट लेख्ने संगठित सदस्य र सत्य समाचार लेख्ने पत्रकारलाई स्पष्टीकरण साेध्न बाँके एमालेका अध्यक्ष निरक गुरुङ्ग नेतृत्वको पदाधिकारीलाई दबाब दिएकाे एक पदाधिकारी बताउँछन् ।

ढकालकाे बारम्बारकाे दबाब थेक्न नसकेर पदाधिकारीले केही संगठित सदस्य र पत्रकारलाई स्पष्टीकरण साेध्ने निर्णय गर्न बाध्य भएको उनले बताएका छन ।

उनका अनुसार जिल्ला कमिटी बैठकमा पेश नगरि ढकालकै निर्देशन र दबाबमा एमालेकाे निति विपरीत सर्कुलरमा समेत हाल्न परेकाे हाे ।

आफ्ना गलत गतिविधिकाे भण्डाफाेर हुने र जयजयकार नहुने देखेपछि आत्तिएका ढकाल संगठित सदस्यलाई अनावश्यक स्पष्टीकरण साेध्ने भन्दै एमाले ध्वस्त बनाउन यतिबेला सक्रिय छन ।

लुम्बिनी प्रदेश अधिवेशनमा केपी ओलि टिम हराउने अभियानमा लागेपछि ओेलि टिममा बिश्वास गुमाएका ढकाल अहिले बाँके एमाले भित्रका अप्रिय र खुराफाति व्यक्तिमा पर्छन ।

अहिले २/४ जना आसेपासे बाहेक अरु कसैकाे पनि साथ पाउन नसकेका ढकाल कसरी ओेलि निकट हुन सकिन्छ भन्ने दाउमा काम नगरि काम देखाउन झुटकाे खेति गर्दै फेसबुके भाैकाल मच्चाउँदै छन ।

यसअघि खुराफात गरेकै कारण जिल्ला इन्चार्जबाट घटुवा भएर नगरमा पुगेका ढकाल अहिले क्षेत्रमा फालिरहेका छन । गएकाे संघिय निर्वाचनमा झुटकाे खेति गरेर चुनाव जितेका ढकाल अहिले मतदातालाई नै घाँडाे बनिरहेका छन ।

उनलाई मतदान गरेका काेहलपुर, राप्तीसाेनारी र नरैनापुरका जनता अहिले पछुताइरहेकाे एमाले नरैनापुरका युवा नेता साेहनदाल यादव नै बताउँछन् ।

निर्वाचन क्षेत्रका जनताका समस्या समाधान,, विकास र समृद्धिमा हाेइन ढकाल यतिवेला झुटकाे खेति, एमाले ध्वस्त बनाउन संगठित सदस्यमाथि जाईलाग्नुका साथै फेसबुके भाैकाल मच्चाउन सक्रिय भएको एमालेकै नेता कार्यकर्ता बताउँछन् ।

साँसद ढकालले अति नै झुटखेति र खुराफात गरेपछि उनकै निर्वाचन क्षेत्रमा अहिले चाैतरेफि आलाेचना र बिराेध भैरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय