ट्रेण्डिङ

नेपालगन्ज : सुर्य  ढकाल यतिवेला झुटकाे खेति, एमाले ध्वस्त बनाउन संगठित सदस्यमाथि जाईलाग्नुका साथै फेसबुके भाैकाल मच्चाउन सक्रिय भएको एमालेकै नेता कार्यकर्ता बताउँछन् ।

साँसद ढकालले अति नै झुटखेति र खुराफात गरेपछि उनकै निर्वाचन क्षेत्रमा अहिले चाैतरेफि आलाेचना र बिराेध भैरहेकाे छ ।

एमालेमा  निर्वाचन  क्षेत्रकाे संयाेजक पार्टी  जिल्ला कमिटी  मातहत हुने गर्छन । ढकालकाे पछिल्लो पद बाँके क्षेत्र नम्बर एककाे संयाेजक हाे । यसले पनि याे पद जिल्ला कमिटी  मातहत नै हुनपर्छ ।

उनी पार्टी नीति विपरीत छन । एमालेकाे लुम्बिनी प्रदेश अधिवेशनदेखि उनी गुट उपगुट र खुराफातमा सक्रिय छन ।

तर, उनकाे हैकम स्थायी कमिटि सदस्य भन्दा कम छैन । बाँके जिल्ला कमिटी  उनले कब्जामा लिन खाेजिरहेका छन । निरक गुरुङ नेतृत्वको जिल्ला कमिटीमा क्षेत्रीय संयाेजककाे दबाबमा जथाभावी निर्णय हुनु र व्यक्तिगत रिसिभिमा संगठित सदस्यकाे गाेपनियता भङ्ग गर्न खाेज्नु के एमालेकाे नीति हाे ?

बाँके एमालेका पदाधिकारीले सुर्य ढकालकाे दबाबमा पत्रकार सहितका केही संगठित सदस्यलाई स्पष्टीकरण साेध्ने निर्णय गर्न बाध्य पारिएको भनेेपनि ढकालकाे दबाबमा यसरी  जथाभावी निर्णय गर्न र सर्कुलरमा हाल्न मिल्छ त ? यसकमे जवाफ निरक गुरुङ कम्पनीले दिने कि नदिने ?

साँसद समेत रहृेका सुर्य ढकालकाे पार्टी भित्रकाे खुराफात, झुट, गुटउपगुट निर्माणका गलत कार्य र एमाले ध्वस्त बनाउन उनकाे भुमिकाका वारे स्टाटस र समाचार लेखेपछि आफ्ना अराजक र अपच्य गतिविधि बाहिरिकाे भन्दै उनले आलाेचनात्मक सुझाव सहितका स्टाटस र कमेन्ट लेख्ने संगठित सदस्य र सत्य समाचार लेख्ने पत्रकारलाई स्पष्टीकरण साेध्न बाँके एमालेका अध्यक्ष निरक गुरुङ्ग नेतृत्वको पदाधिकारीलाई दबाब दिएकाे एक पदाधिकारी बताउँछन् ।

ढकालकाे बारम्बारकाे दबाब थेक्न नसकेर पदाधिकारीले केही संगठित सदस्य र पत्रकारलाई स्पष्टीकरण साेध्ने निर्णय गर्न बाध्य भएको उनले बताएका छन ।

उनका अनुसार जिल्ला कमिटी बैठकमा पेश नगरि ढकालकै निर्देशन र दबाबमा एमालेकाे निति विपरीत सर्कुलरमा समेत हाल्न परेकाे हाे । यद्यपि ढकालकाे दबाबमा यसरी  संगठित सदस्यलाई मानसिक तनाव दिन मिल्छ त अध्यक्ष गुरुङ  जि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय