ट्रेण्डिङ

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई लगायत जनप्रतिनिधिकाे उदासीनताका कारण नेपालगन्जमा जाेडिएका लाखौं मुल्यका ट्राफिक लाइट प्रयाेगमा आउन सकेका छैनन ।

जडानमा जसले जसरी सहयाेग गरेपनि जडानपछि सन्चालनमा लागि उपमहानगरपालिका र ट्राफिक पुलिसकाे उदासीनता देखिएको छ ।

उपमहानगरपालिकाकाे कमजोरी र उदासीनताले लाइट प्रयाेगमा आउन नसकेकाे ट्राफिक पुलिस प्रमुख पुस्करराज पन्त बताउँछन् ।

यता नेपालगन्ज उपमहानगरपालिका भने सडक डिभिजनका कारण समस्या आएको भन्छ । यश बिषयमा सडक भने चुपचाप देखिएको छ । खास समस्या के ? कसकाे जिम्मेवारी ? काे उदासीन नागरिकले यतिबेला प्रश्न गरेका छन ।

जहाँ जसले जे भनेपनि उपमहानगरपालिकाकाे नै प्रमुख दायित्व र जिम्मेवारी हुने जानकार बताउँछन् । उपमहानगरपालिकाले सडकलाई दबाब दिनुपर्ने र ट्राफिकले पनि यसकाे प्रयाेगका लागि पहल गर्नुपर्ने देखिएको छ ।

शहरमा लाइट जडान भएको एक बर्ष बितिसक्दा पनि प्रयाेगमा आउन नसक्दा राज्य वा जडान गर्ने निकायकाे लाखौं वालुवामा पानी जस्तै भएको छ । यस बिषयमा मेयर बिषट लगायत जनप्रतिनिधि र सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय