ट्रेण्डिङ

नेपालगन्ज : बाँके एमालेकाे सुनिर समुहका कमान्डर सुर्य ढकालकाे खुराफात र गुटकाेखेती अझै राेकिएकाे देखिदैन । ढकाल यतिबेला हैसियत भन्दा माथि उठेर नैतिकता गुमाउँदै  अध्यक्ष केपी ओेलि र महासचिव शंकर पाेखरेलकै बिरुद्धमा गाेप्य गाेप्य भेला गरि गुट बनाउदै गरेकाे खुलेकाे छ ।

एमालेकाे लुम्बिनी प्रदेश अधिवेशनदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलिकाे विपक्षमा रहेका ढकाल अहिले आफ्नाे निर्वाचन क्षेत्र बाँके एकमा  अध्यक्ष ओेलि र महासचिव पाेखरेल विरुद्ध गुट निर्माणमा सक्रिय देखिएका छन ।

साताअघि ढकालले काेहलपुरमा आफू फेबरका वा अवसरमा लिप्त हुने केही  नेता, कार्यकर्ताकाे गाेप्य भेला गरेरै ओलि बिरुद्ध गुटबनाउन लागेकाे उक्त भेलामा सहभागी एक नेता नै बताउँछन् ।

यतिसम्म कि उनले आगामी महाधिवेशनमा ओेलि अध्यक्षमा उम्मेदवार भए पराजित हुने भन्दै बिधादेवि भण्डारीकाे नाम भजाउन थालेका छन ।

यसअघि ओेलि र शंकर पाेखरेलकाे चाकडी गरेर छाेटाे समयमा जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्य र साँसद पड्काएका ढकाल आफ्नाे स्वाथ अनुसार हुन नसक्दा अहिले ओेलि र पाेखरेलकै बिरुद्ध  भेला गर्ने र गुट बनाउने काममा लागिएको उनकै आसेपासे बताउँछन् ।

उनले अहिले नै निर्वाचन क्षेत्रमा केही नेतालाई आगामी जिल्ला अधिवेशनका लागि पालिका अध्यक्ष, उपाध्यक्षकाे ललिपप समेत बाँडिसकेकाे खुलेको छ । जसले पार्टी नेता, कार्यकर्ताबिच नै आन्तरिक मतभेद भैरहेकाे छ ।

केही साता अघि ओृलि बिरुद्ध ढकालले गरेकाे आन्तरिक गुट भेलामा सहभागी मध्येका एक नेता देवराज भारसँग यस बिषयमा बुझ्न खाेज्दा भार भेला भएको स्विकार्दै  तर गुट उपगुटका बारे आफू जानकार नभएको बताउँछन् । उता गुट भेेलाका कमाण्डर ढकाललाई सम्पर्क गर्न खाेज्दा उनिसँग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय