ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उधाेग बाणिज्य संघकाे आगामी निर्वाचनमा संजय थापा बलिया र सशक्त उम्मेदवार बनेका छन ।

उनका प्रतिस्पर्धी भनिएका चिरञ्जीवी ओली निकै कमजाेर र व्यवसायी बिच नरुचाइएका व्यक्ति हुन । यसले पनि उवासंघका कमाण्डरमा थापाकाे बिकल्प नदेखिएको नेपालगन्जका व्यवसायी नै बताउँछन् ।

थापा निडर, सक्षम, सफल र पारदर्शी व्यवसायी नेता हुन । तर ओली र अहिलेकाे संघ पदाधिकारी माथि मेला महाेत्सवदेखि सदस्यता वितरणमा समेत चलखेलकाे आराेप लागेकाे छ ।

अहिलेकाे समितिमा ओली महासचिव हुदै  बरिस्ठ उपाध्यक्ष  छन तर यस समितिले यसअघि लगाएको मेलाकै हरहिसाब अपारदर्शी गरेकाे आराेप खेपिरहेकाे छ ।

लायन्स लगायका सामाजिक संस्थामा समेत सक्रिय संजय थापा व्यवसायीकाे हकहितका लागि जुनसुकै परिस्थितिमा पनि खटने व्यक्ति भएकोले अहिले दल विशेष मात्रै नभए व्यवसायी हितका लागि थापालाई नै कमाण्डर बनाउनपर्ने व्यवसायी बताउँछन् ।

क्यान बाँकेका पुर्वअध्यक्ष समेत रहेका थापाको उद्योग, ब्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । उनी लामो समयदेखी लायन्स क्लबमा पनि आवद्ध रहेर स्वास्थ्य र सामाजिक क्षेत्रमा सेवा गर्दै आएका छन् ।

प्रजातान्त्रिक उद्योग ब्यवसायी संघले अध्यक्ष बाहेक पदाधिकारी र सदस्यको टुंगो भने केहीदिन भित्रमा लगाउने जनाएको छ । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने ब्यवस्था छ  ।

आगामी भदौ १ गते नयाँ नेतृृत्व चयनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुने निश्चित भईसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय