नेपालगन्ज : बाँके नेपालगन्ज उधाेग बाणिज्य संघकाे निर्वाचनले यतिवेला सरगर्मी बढाउन थालेकाे छ ।
शहरका हरेक चाेक, रेष्टुरेन्ट र सार्वजनिक स्थलमा ४/६ जना जम्मा हुँदा यहीँ बिषयमा बहस हुने गरेकाे छ ।
अहिलेकाे निर्वाचनमा व्यवसायीका अभिभावक तथा डायनामिक लिडर संजय थापा र बरिस्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीबिच अध्यक्षका लागि चुनाव हुने भएको छ ।
यहाँका व्यवसायीफ नागरिक समाजका अगुवा, बुद्धिजीवी लगायतकाे बहस अनुसार थापा अत्यन्तै बलिया देखिएका छन ।
कतिपयले थापासँग ओलीकाे उम्मेदवारी नसुहाएकाे टिप्पणी पनि गरिरहेका छन । उवासंकै केही पुर्व पदाधिकारी र केन्द्रीय तहका व्यापारी नेताले समेत थापाकाे बिकल्प ओली हुन नसक्ने भन्दै थापा भन्दा ओली याेग्य नभएको विश्लेषण गरेका छन ।






