ट्रेण्डिङ

नेपालगन्ज : स्थानीय उत्पादनलाई प्राेत्साहित गर्ने उद्देश्य अनुरुप नेपालगन्जमा महिला घरेलु उधमीहरुले लुम्बिनी प्रदेश स्तरीय व्यापार प्रदशनी गरेका छन।

नेपालगन्जकाे बागेश्वरी मन्दिर परिसरमा ६ गतेदेखि शुरुआत गरिएको उक्त प्रदशनी फागुन १० सम्म चल्ने प्रदशनी संयाेजक रेवती सिंह बताउँछिन् ।

महिला उद्मीहरुद्वारा उतपादीत बस्तुकाे प्रबर्दन तथा बजारीकरणका लागि उक्त मेला गरिएको महिला उद्ममी संघ नपाल बाँकेका काेषाध्यक्ष बिन्दु चर्ती मगर बताउँछिन् ।

मेलामा महिलाद्वारा घरमै उत्पादन गरिएका स्थानीय उतपादनकाे करिब ८० वटा स्टल रहेका छन ।
यस मेलामा लुम्बिनीका विभिन्न जिल्लाका महिला उद्यमीकाे सहभागीता छ ।

तर, स्थानीय उत्पादनकाे बजारीकरण तथा प्रबद्नमा नेपालगन्ज उपमहानगरपालिकासहितका पालिकाकाे उदासीनता देखिएकाे छ ।

स्थानीय उत्पादनकाे बजारीकरणका लागि स्थानीय तहले पहल गर्न सके महिलाहरू आत्मनिर्भर मात्रै हाेइन आम्दानीमा पनि श्रोत बृद्विमा समेत अघि बढन सक्ने देखिएको छ ।

तर, स्थानीय तहले स्थानीय उत्पादनकाे प्रबर्दन तथा बजारीकरणमा ल्याएका याेजना र बजेट स्थानीय तहकै लापरवाहीले अलपत्र देखिएका छन । यसतर्फ स्थानीय पालिकाकाे ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय