ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा दुईवटा नगरपालिका छन । नेपालगन्ज उपमहानगरपालिका र काेहलपुर नगरपालिका हाे । जहाँ जनताले दुई जना युवालाई नेतृत्वमा पठाएका छन ।

नेपालगन्जमा मेयर प्रशान्त बिष्ट र काेहलपुरमा मेयर पुर्ण आचार्य । यी दुबै जना युवा तथा काङ्ग्रेसी नेता हुन । उनीहरूबाट यी दुबै पालिकाका जनताले ठुलाे आशा र भराेशा राखेका थिए ।

तर अहिले जनताले साेचे अनुसारकाे केही पाउन सकेकाे देखिदैन । यी दुबै मेयर अहिले झुटकाेखेतीमा सक्रिय छन ।

काम नगर्ने प्रबृतिका कारण यी दुबै पालिका कार्यसम्पादन मुल्यांकनमा फेल भएका छन । तर, झुट, खुराफात र कमाउधन्दामा यी पालिका र जनप्रतिनिधि अगाडि देखिएका छन ।

नेपालगन्जका मेयर बिष्टले सन्जीवनी कलेज अफ मेडिकल साइन्सका बिरुद्ध र काेहलपुरका मेयर आचार्यले बाँकेका सिडिओेकाे बिरुद्ध अनावश्यक झुटकाे आराे लगाउँदा यतिबेला दुबै मेयर चाैतर्फी आलोचित मात्रै भएनन पालिका र समग्र जनप्रतिनिधि माथि नै प्रश्न खडा गरेका छन।

वास्तविकता बुझ्दा दुबै मेयर गलत देखिएका छन । उनीहरूका दुबै लेखाइ बिज्ञप्ती र स्टार्टसमा व्यक्तिगत स्वार्थ देखिएकाे छ ।

जनप्रतिनिधि जस्ताे गरिमामय पदकाे बदनाम गर्दै मेयरकाे काम कर्तव्य अधिकार भुलेर बिष्ट र आचार्य पदीय हैकममा मनलाग्दी गर्न थालेकाे उनीहरूकै पालिकाका जनप्रतिनिधि बताउँछन् ।

तीन बर्षपछि फेरि सडकमै आउन पर्छ भन्नेसम्मकाे हेक्का नराखि हचुवाका भरमा सामाजिक सन्जालकाे दुरुपयोग मात्रै हाेइन सरकारी लेटरप्याडकाे समेत मर्यादा हनन गर्न यी मेयर लागेकाे प्रमाणित भैसकेकाे छ ।

काेहलपुरका मेयरले खाेई त प्रमाण दिएकाे ? यसले पनि उनका स्टार्टस झुट प्रमाणित भएको छ । आचार्य यसअघि पनि यस्तै लेखाइ विवादीत भएका थिए ।

नेपालगन्जका मेयर पनि मासिक नभई दैनिक विवादमा देखिन्छन । झुटबहादुरकाे उपमा पाएका यी दुबै मेयर बेलैमा सुधारिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय