नेपालगन्ज : अत्याधिक विवादमा रहेकाे “सुनिर समूह” यतिबेला एमाले बाँकेका इन्चार्ज शान्ति ढकाललाई कसरी असफल र असक्षम बनाउन सकिन्छ भन्ने खुराफातमा सक्रिय भैरहेकाे छ ।
केही संगठित सदस्य, साँसद र कार्यकर्तामाथि दादागिरी मच्चाउँदै आएकाे सुनिर समूह र यसका निर्देशक सुर्य ढकाल अहिले इन्चार्जमाथि खनिन थालेकाे सुनिर समुहकै बिशेष श्राेत बताउँछ ।
सुनिर समुहकाे एक बर्ष खुराफात, विवाद र एकले अर्काकाे कुरा काटनमै बितेकाे देखिएको छ ।
संगठन मजबुद बनाउने काममा हाेस वा पार्टीका हरेक गतिविधिमा इन्चार्ज ढकाललाई याे समूह र समुहका आसपासेले असहयाेग गर्ने, महासचिव र अन्य केन्द्रीय नेतासँग अनावश्यक कुरा लगाउने र इन्चार्जलाई मानसिक रूपमा कमजाेर बनाउने खुराफातमा बिशेष गरि सुर्य ढकाल लागि परेकाे खुलेकाे छ ।
खुराफात चरम गुटका नाइके मानिने उनकै सल्लाहमा लागेर अध्यक्ष निरक गुरुङ हरेक गतिविधिमम असफल बनिरहेका छन । यसैगरी उनले इन्चार्जलाई पनि असफल बनाउन भुमिका खेलिरहेकाे नेता, कार्यकर्ता नै बताउँछन् ।
सुर्यकै इशरा र उपाध्यक्ष रत्न खत्री काे दबाबमा यसअघि गुरुङले पत्रकार र संगठित सदस्यलाई विना कारण स्पष्टीकरण साेध्ने र कारवाहीकाे धम्की दिएका थिए ।
स्मरणहाेस : समुहका निर्देशक सुर्य र रत्नकै गुट र खुराफातले अध्यक्ष गुरुङ असफल र असक्षमताकाे भुमरीमा परिरहेका छन ।






