ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा नसर्ने रोगहरूको  नि:शुल्क परीक्षण तथा सचेतिकरण अभियान थालेको देखिएको छ ।  त्यस्ता रोगहरूको “प्रकोप”बारे हरेक बर्ष  चर्चा हुँदै आएको छ।

बाँकेमा स्वास्थले मधेसी, मुस्लिम समुदायसँगै पत्रकार, नागरिक समाजका अगुवा, सर्वसाधारण नागरिक सबैमा सचृतना अभिबृद्दि र स्वास्थ परिक्षण गरेकाे छ ।

तथ्यांक अनुसार  मृत्युको कारणमा ६३ प्रतिशत नसर्ने रोगको समस्या रहने गरेको देखिएको छ । खानपान र बढ्दाे विलासिताका कारण नागरिकमा नसर्ने राेगकाे समस्या भयावह छ ।

चिकित्सकहरूले पनि केही वर्षदेखि नेपालमा ‘नसर्ने रोगहरू विरामीको मृत्युको प्रमुख कारण बनेको’ भन्दै त्यसबारे चिन्ता व्यक्त गर्दै आएका छन्।

विभिन्न अध्ययनहरूले पनि नेपालमा नसर्ने प्रकृतिका रोगहरू प्रकोप जस्तै गरि बढिरहेको देखाएका छन्।

समुदायमा पछिल्ला केही वर्षयता सरुवा रोगभन्दा नसर्ने रोगहरुका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएको छ ।

यस्ताे अबस्थामा स्वास्थ कार्यालय बाँकेले यसबाट बच्न सचेतना सहित नागरिककाे स्वास्थ परिक्षण चलाएको स्वास्थ कार्यालयका सुचना अधिकारी नरेश श्रेष्ठ बताउँछन् ।

नसर्ने रोगलाई उपचार भन्दा पनि रोकथाम गर्नुपर्ने बताउँदै नसर्ने रोगहरुको बारेमा सचेतीकरण गर्ने, समुदायलाई सुसूचित गर्ने, जानकारी दिने, स्वस्थकर जीवनशैलीको विकास गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

बाँकेमा नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा नै विवरण सङ्कलन हुने गरेको उनी बताउँछन् ।

मानिसहरू शोकमा रहेको अवस्थामा कैयौँ त्यस्ता मृत्युको विवरण सरकारी निकायसम्म नआउने गरेका थुप्रै उदाहरण छन ।

कतिपय अवस्थामा स्वास्थ्य स्वयंसेविकाले पनि थाहा नपाउदा सही विवरण नआउने सम्बद्ध अधिकारीहरू बताउँछन ।

त्यसकारण नसर्ने रोगबारे गरिएका पछिल्ला अध्ययनहरूलाई आधार मानेर आवश्यक नीतिहरू बनाइने गरिएकाे छ ।

तर, लुम्बिनी प्रदेशकाे स्वास्थ मन्त्रालयले स्वास्थ कार्यालय बाँके मार्फत स्थानीय तहमा पठाउने प्रेेस र सुगरकाे औषधी साउन यता पठाएको छैन । बाँके स्वास्थले पहल नगर्दा प्रदेशले औषधी पठाउन चासाे नदेखाएको श्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय