ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे डुडुवामा रहेकाे बाल सुधारगृहमा भएको झडप र लफडाकाे मुख्य कारक लागू औषध सेवन रहेकाे छ । सिद्धपाइलाले सुधारगृहका बालबालिका, पुलिस, कानुन व्यवसायी  र अधिकारकर्मीसँग गरेकाे कुराकानीका आधारमा यस्ताे खुलेको हाे ।

सुधारगृहमा रहेका केही  युवाहरूले नियमपत जसाे लापसे गर्ने र आफ्नाे मन नपरेका युवामाथि ए्क्कासी जाँई लाग्ने गरेपछि यहाँ  बेलाबखतमा कडै लफडा हुने गरेकाे छ ।

शुक्रबार पनि केही  युवाले लाग औषध सेवनपछि लफडा गर्दा भएको झडपमा करिब ४० जना घाइते भएका छन । केहीकाे अबस्था असामान्य छ । अधिकाशं घाइतेको टाउकाे, ढाड लगायत शरिरका विभिन्न भागमा चाेट छ ।

लापसे गरेपछि केही  युवाले अन्यमाथि रड, सब्बल, छड लगायतका हतियार प्रहार गरेकाे र केहीले भवनमै आगाे लगाएर आत्मदाहकाे प्रयास समेत गरेकाे ससधार गृहमै ड्युटीमा रहेका एक सुरक्षा अधिकारी बताउँछन् । उनका अनुुसार पनि अहिलेकाे लफडा तथा झडप लापसेकै कारण हाे ।

अचम्म केछ भने उक्त सुधार गृहमा सुरक्षाकर्मी पनि छन तर त्यशा राखिएका युवाले कसरी वाहिरबाट लागू औषध भित्र  ल्याउछन र सेवन गर्छन । गेटमा सुरक्षाकर्मी बस्ने गरेपनि चेकजाँच विना ती युवाहरू कसरी भित्र वहिर गर्छन यश बिषयमा सुधार गृह प्रशासन केही बाेल्दैन । नत यसकाे जवाफ त्यहा सुरक्षामा खटिएका पुलिससँग नै छ ।

सुधार गृहमा कसरी  जान्छ लागु औषध याे गम्भीर बिषय हाे । तर, यसतर्फ  बाँके सिडिओ र एसपी तथा सराेकारवालाकाे ध्यान छैन ।  गृहकाे वरिपरि रहेकाे तारबाट लाग औषध काराेवारी र भित्रका बालबालिका बिच नपषमित सम्पर्क  र खरिदबिक्री हुने गरेकाे  एक घाइते युवा बताउँछन् ।

यस्ताे गतिविधि  सुधार गृहका कर्मचारी  र पुलिसलाई  समेत थाहा छ उनले भने ” तर, उनीहरू कहिल्यै केही बाेल्दैनन ।” जसले अन्य लापसे नगर्नेलाई पटक/ पटक आक्रमण हुने गरेकाे छ । यहाँ यसअघि पनि यस्तै झडप भएका थुप्रै घटना छन ।

सुधार गृहमा रहेका बालबालिकाले गृहमा हंगमा मच्चाएपछि बाँकेमा भर्ख आएका सिडिओेकाे निदहराम भएको देखिएको छ । यहाँ पटक/ पटक यस्ता लफडा हुन्छन ।

समाधानका लागि छानबिन समित बन्छन तर समस्या समाधान भने भएको देखिदैन । पछिल्लो बर्ष यता यहाँका समस्या समाधान गर्न भन्दै करिब आधा दर्जन छानबिन समिति बनिसकेका छन ।

तर, समितले प्रभावकारी काम गर्न र सिफारिस भएका प्रतिवेदनमाथि राज्यले कारवाही अघि बढाउन सकेकाे छैन ।  यहाँकाे  सुरक्षा व्यवस्था कमजाेर देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय