नेपालगन्ज : बाँके काङ्ग्रेसलाई सच्चिन अपिल गर्दै काङ्ग्रेसकै युवा नेताहरूले कि सक्किने ? भनी प्रश्न गरेका छन ।
स्ववियु अधिवेशनका क्रममा बाँकेका केही क्याम्पसमा काङ्ग्रेस निकट बिधार्थि संगठनकाे कमजोर अबस्था देखिएपछि हतासिएका केही युवा नेताले पार्टीकाे जिल्ला नेतृत्वलाई सामाजिक सन्जाल फेसबुक मार्फत यस्ताे अपिल सहित प्रश्न गरेका छन ।
काङ्ग्रेस महासमिति सदस्य समेत रहेका युवा नेता मेघराज ओेलीले आफ्नाे फेसबुकमा “मुल सुके पछि धारामा जति नै ठुलो बाल्टी थापे पनि बाल्टी पानीले भरिदैन । बाल्टीमा पानी भरिनको लागि त मुलको संरक्षण अनि सम्बर्द्धन गर्नु पर्दछ ।” भनी नेतृत्वलाई झट्का दिएछन ।
खोइ नेपाली लोकतन्त्रको पाठशाला बनेको दाबी गर्ने दलका तत तहका नेतृत्वले बुझेको ? अबको प्रश्न बुझने या सच्चिने अथवा सकिने ? नेता ओेलीले प्रश्न गरेका छन ।
अहिले लोकतान्त्रिक पद्धति माथी नै चौतर्फ आक्रमण हुँदैछ उनी लेख्छन “यो बेलामा अहम् ,अहंकार , घमण्ड र मालिक प्रवृत्ति होईन समाल्लियर ,आपसी अन्तर आत्मियता सहितको सद्भाव पुर्ण सहयात्रा जरुरी छ।”
उनका अनुसार बिनासको कालमा यस्तै बिपरित बुद्धि हाबी हुँदै जाने हो भने सकिनुको विकल्प छैन ।
उठाउने उठाउन पाएकोमा खुसी हराउने हराउन पाएकोमा खुशी हुने यो अहिलेको धरातलीय यथार्थकाे अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले यस्ताे कुराकाे सदाका लागी पुर्ण बिराम लगायर उठाउदा खेरिनै सबैको साझा खुशी झल्कने स्थिति निर्माण गर्नु नै सबैका लागि सिङ्गो बिचारका लागि हितकर हुने स्पष्ट लेखेका छन ।






