ट्रेण्डिङ

नेपालगन्ज : दैलेख बजारमा लाखौं खर्चेर बनाइएको काेल्ड स्टाेरमा आर्थिक चलखेल भएकाे आशंका गर्दै  स्थानीयले तत्काल यसकाे छानबिन हुनुपर्ने माग गरेका छन ।

निर्माण गर्दा १५ सय मेट्रिक टन सामान राख्ने गरि बनाउने लक्ष्य भए पनि अहिले उक्त भवनमा १ सय  मेट्रिक टन पनि घटाउन नसकिएको भन्दै  स्थानीय कृषकले यसमा निर्माणमै आर्थिक चलखेल र कमिशन चक्कर भएको आशंका गरेका हुन ।

पुर्वाधार बनाउँदा इन्जिनियरसँगकाे मिलेमतनेमा स्टमेट नै गलत गरेकाे र कमिशन चक्करमा गुणस्तरहीन  र सानाे भवन निर्माण गरिएको हुनसक्ने भन्दयसमा छानबिन हुन जरुरी देखिएकाे स्थानीय बताउँछन् ।

तर, सराेकारवालाले यश बिषयमा गम्भीरता देखाएका छैनन् । प्राविधिक नहुँदासम्म उक्त काेल्ड स्टाेरमा राखिएको लाखौं मुल्यकाे मेशिन समेत दुई बर्ष यता चल्न सकेकाे छैन ।

केही दिनअघि एक प्रााविधिकले मेशिन चलाउने प्रयास गर्दा उक्त मेशिनकाे ग्याँस समेत पड्किएकाे श्रोत बताउँछ । यसले पनि भवनमा मात्रै  नभई मेशिन खरिदमा समेत कमिशन खेलले गुणस्तरहीन मेशिन ल्याएकाे श्रोतकाे आराेप छ ।

मेशिन बनाउने र चलाउने वारे कृषिका हाकिम दशरथ पाण्डे समेत उदासीन भएको स्थानीय मुना थापा बताउँछिन् ।

उनका अनुसार पुरणव साँसद तथा एमाले नेता रबिन्द्र शर्मा लगायतका व्यक्ति लगेर कृषि अफिसमा गएपछि केही दिनमा प्रााविधिक बाेलाउनेसम्मकाे आश्वासन हाकिम पाण्डेले दिएका छन ।

मेयरकाे धम्की

नारायण नगरपालिकाका मेयर लाेमन काफ्ले काेल्ड स्टाेरमा राखेकाे सामान हटाउन कृषकलाई धम्कि दिएकाे भनिएको छ ।

जताततै बाट काेल्ड स्टाेर सन्चालन गर्न खबाब आएपछि उक्त खबाब थेग्न र स्टाेर सन्चालनमा वहल गर्न नसक्दा मेयर काफ्ले यस्ताे धम्की दिन थालेकाे गाेठपाडा सहकारीका अध्यक्ष समेत रहेकी थापा बताउँछिन् ।

अहिले उक्त स्टाेरमा गाेठपाडा सहकारी र यस अन्तर्गतका समसहले उत्पादन गरेका तरकारी तथा खाध बस्तु राखिएको छ ।

अबकाे केही दिनका काेल्ड स्टाेर सन्चादन, मेशिन मर्मत र कृषकाे तरकारअं व्यवस्थापन नभए यसकाे छानबिनका लागि अख्तियारमा समेत उजुरी दिने किसानकाे तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय