नेपालगन्ज : बाँके जानकी गाउँपालिकास्थित साईगाउ क्षेत्र यतिवेला पुलिसका लागि असुली देखि जुवाकाे अखडा बनेकाे खुलेकाे छ । यहाँ पुलिस प्रमुखले आफ्ना गाेजी भित्रका प्रिय पात्रलाई मात्रै पठाउने कुरा प्रचलन जस्तै बनेकाे छ ।
नेपाल- भारत सीमामा रहेकाे साईगाउँमा पुलिसले चरम असुली मात्रै नभई पुलिसकै संरक्षणमा पचपाेखरी भन्ने ठाउँमा नियमित जुवा खेल हुने गरेकाे नागरिकले गुनासाे गरेका छन ।
जुवा खालबाट साईगाउँ पुलिसले मासिक र नाकाबाट सामान ल्याउने लैजाने नागरिकबाट दैनिक असुली गर्ने गरेकाे भनिएकाे छ ।
साईगाउँमा पुलिसले कुखुराका चल्ला, चिनी, चामल लगायत खाध्य बस्तुमा चेकजाँच भन्दै असुली गरिरहेकाे छ । यसले साईगाउ, बलेपुर, राधापुर सैनिक क्षेत्रका नागरिकले अनावश्यक पुलिसलाई रकम बुझाउनु परेकाे गुनासाे गरेका छन ।

भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिने व्यवस्था छ, तर साईगाउँ सीमा नाकाबाट दैनिक लाखौँका अवैध माछा नेपाल भित्रिरहेका छन् ।
तस्करहरुले भारतीय कपडा, हार्डवेर, टायल, खाद्यवस्तु, चिनी, दाल, तरकारी, बोइलर कुखुरा , काटेको मासु, नेपालमा प्रतिवन्धित मंगुर माछा खुलेयाम नेपाल त्रित्र्याइरहेको स्थानीय बताउँछन् ।
एकजना स्थानीयले नाम नखोल्ने सर्तमा भने, ‘तस्करहरुले साईगाउँ नाकाबाट दैनिक ५० लाख भन्दा बढीको सामान भित्र्याउँछन् । नाकामा खटिएका सुरक्षाकर्मी देखेर पनि नदेखे झैँ गर्छन् ।’ ति स्थानीयका अनुसार त्यहाँ तस्कर र प्रहरी छुट्टाउनु नै गाह्रो हुने गरेको छ ।
माथिल्लो निकायलाई महिनावारी र तल्लो दर्जालाई सामानको अवस्था र मूल्य हेरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म लाइन दिने गरेको तस्करहरुकै भनाई छ ।
तस्करहरुले रातीको समयमा ठुलो परिमाणमा भन्सार छली गरेर साईगाउँमा भण्डारण गर्ने र पछि एकमुष्ठ नेपालगञ्ज बजार ल्याउने गरेका छन् ।
साईगाउँमा भण्डारण गरेको समान रातीको समयमा पिकअप, मोटरसाइकल, साईकल अटोमा नेपालगञ्ज ल्याउने गरेकाे भनिएको छ ।






