नेपालगन्ज : बाँकेकाे खजुरामा उधाेग बाणिज्य संघ गठनका लागि यतिवेला सामाजिक सन्जालदेखि खजुरा क्षेत्रका चियाचाैतारी हुँदै भट्टीमा समेत चर्चा परिचर्चा हुन थालेकाे देखिएको छ ।
छरिएर रहेका व्यवसायीलाई एकत्रित गर्न खाेज्नु एकदमै सकरात्म्मक कुराे हाे । यसले व्यवसायीलाई संगठित र मजबुद पनि बनाउँछ । तर, संस्था गठनका नाममा दलिय राजनीति गरेर आफ्नाे मुठ्ठीमा लिन खाृज्नु कुनै हालतमा ठिक हाेइन ।
संघकाे गठनका लागि केही व्यक्तिले पहल थालेपनि पछिल्लो समय गठन अगावै राजनीति गन्ध देखिँदा अहिले उक्त अभियान विवाद र राजनीति धुव्रीकरणले दलिय स्वार्थसँग बाँजिन पुगेकाे देखिएकाे छ ।
अभियान थालेका केही व्यक्तिले सामाजिक सन्जालमै उधाेग बाणिज्य संघ गठन प्रकृयामै राजनिति हाबी भएको भन्दै वाहिएकाे उल्लेख गरिसकेका छन । यसले पनि यहाँ चरम राजनिती बढेकाे स्पष्ट भएको छ ।






