नेपालगन्ज : बाँके पुलिसले चाडपर्वका बेला हुने सम्भावित घटनालाई लक्षित गरी लागू गरेकाे एकीकृत सुरक्षा योजना असफल देखिएको छ ।
बाँकेका सिडिओ धर्मराज जाेशी र एसपी अङ्गुर जीसीकाे उदासीनता,लापरवाही र सुरक्षा व्यवस्थापन कमजोरीले उक्त याेजना असफल देखिएको हाे ।
दसैँ, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगीलगायत आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेकाे भन्दै बाँकेका एसपी जीसीले भाैकाल मच्चाएपनि यसका लागि एक्शन गतिलाे देखिएन ।
नेपालगन्जमा मात्रै यसअबधीमा दर्जन जति घटना घटेका छन । जुन घटनालाई नियन्त्रण गर्न समेत पुलिस असफल हुँदा सशस्त्र र सेनासँग हारगुहार गर्न परेकाे थियाे ।
दुर्गामुतर्ति बिसर्जनमा मात्रै बाँकेका विभिन्न ठाउँमा भएका झडपमा दर्जबढी स्थार पुलिस नै घाइते हुनुपनि बाँकेकाे सुरक्षा संयन्त्रको कमजोरी देखिएको छ । बाँकेमा रहेकाे पुलिसकाे राष्ट्रिय अनुसन्धान कार्यालय र यसका कर्मचारीकाे त कामै देखिदैन ।
आपराधिक घटना हुन नदिन सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीभित्रका जासुसी संयन्त्र क्रियाशील हुनुपर्ने हो ।
तर, यी निकायमा विगतमा दलका कार्यकर्तालाई भर्ना गरेको परिणाम आज मुलुकले भोग्दैछ । यी कार्यकर्ता केवल तलब खाने र दिन कटाउने भन्दा केही काम देखिदैन ।
सिडिओे ससुराली बसे झै अफिसबाट बाहिर ननिस्कने कुरा ठुला र घमण्ड गर्ने जिल्लाकाे शान्ति सुरक्षा अमनचयनमा ध्यान नदिने प्रवृतिका देखिएपछि यहाँको शान्ति सुरक्षामा खल्बल आउनुका साथै सुरक्षा संयन्त्र कमजाेर बनेकाे यथार्थ हाे ।
तर सुरक्षा संयन्त्र यस्ताे यथार्थ स्वीकार्न तयार देखिदैन । यसका लागि संयन्त्र र बाँके पुलिसले उपलब्धि मुलक याेजना बनाउन सकेकाे देखिदैन । मुलत यहाँ पटक/ पटक साना, मझौला र ठुला घटना घटिरहृेका छन ।
बाँकेकाे नेपालगन्ज सदभावकाे शहर हाे । यहाँकाे सुरक्षा निकायले याेजनाबद्व ढंगले काम गर्न सके यस्ता खाले घटना सहजै निरुत्साहित हुनसक्छन ।
तर, बाँके आउने हरेक सिडिओ र एसपी गफ धेरै दिने उपलब्धि मुलक काममा एक्शन लिन नसक्ने खाले देखिएका छन । हुन त यी पदमा रहेका सबै बाँकेमा कमाउधन्दा गर्न आउनेमा कुनै शंका छैन ।
प्रशासकहरु यहाँका क्यासिनाे, क्रसर, उधाेग, स्पा लगायतका क्षेत्रमा कमाउ सेटिङ्ग गर्ने तर, जिल्लाकाे शान्ति सुरक्षा र आफ्नो जिम्मेवारी बहामा उदासीन रहने याे पुरानै प्रवृति हाे । यसमा अहिले सम्मका सिडिओ, एसपी काेहीपनि पानी माथिकाे ओबानाे छैनन ।
यहाँका सिडिओ र एसपी अहिलेपनि नागरिकमैत्री हुन सकेकाे देखिदैन । बन्दुक र बर्दी अनि पदकाे दम्भमा नागरिक मैत्री हुन नसक्नु वा नहुनु याे उनीहरूकै लागि दुर्भाग्य हाे ।
यसमा एसपी र सिडिओ दुबै गम्भीर हुन जरुरी देखिन्छ । नत्र अहिलेका सिडिओे जाेशी र एसपी जीसी पनि अन्तत बाँकेमा असफल, असक्षम प्रशासकका रूपमा दर्जित हुने निश्चित छ ।






