नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४६ जना फरारसुचीमै छन ।
३२ जनालाई पक्राउ गरिएको छ । ४६ जना अझै फरार रहेका छन् । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधार गृहबाट भागेका थिए ।
नौबस्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर राना भागेकामध्ये ४६ जना बालबन्दी अहिलेसम्म सम्पर्कमा नआएको बताउँछन ।
उनले भने, ‘भागेकामध्ये २९ जनालाई पक्राउ गरेर बाल सुधार गृहमा ल्याइसकिएको र तीन जना चितवनमा पक्राउ परेकाले ल्याउने क्रममा रहेको तथा अझै ४६ जना पक्राउ पर्न बाँकी रहेका छन् ।’
फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ ।
तर, बाँके पुलिसले यसरी फरार रहेका बन्दीकाे प्रभावकारी रूपमा खाेजी गर्न सकेकाे देखिदैन । अहिले आम नागरिकले यी फरार भनिएका बन्दीकाे कहिले खाेजी हुन्छ ? बाँके प्रहरीसँग प्रश्न गरिरहेका छन ।
यता बाँके पुलिसले फरार भनिएका सबैकाे खाेजी भैरहेकाे जिकिर गरेकाे छ ।






