नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकाकाे सुर्खेतराेड नै सबैभन्दा बढी दुर्गन्धित भएको देखिएको छ ।
सडक किनारमा थुपारिएकाे फाेहाेर उठाउने तर्फ उपमहानगरपालिका र सम्बन्धित वडापालिकाले ध्यान दिएको देखिदैन ।
जसका कारण सडकमा आवतजावत पैदल हाेस सवारी यात्रुले नाकमुख छाेप्नुपर्ने अबस्था आएको देखिएको छ ।
नेपालगन्जका जमुनाह जाने सडक महेन्द्र बहुमुखी क्याम्पस अघिकाे सडक किनारमै फाेहाेरजन्य बस्तुकाे डङ्गुर छ ।
तर यसकाे व्यवस्थापनमा स्थानीय पालिका उदासीन देखिएकाे छ । जसले आम नागरिकलाई सास्ती भैरहेकाे छ ।
यहाँ थुपारिएकाे फाेहाेर कुखुरा पसल र कुइएकाे तरकारी र मासुजन्य पदार्थ भएको स्थानीय नै बताउँछन् । याेसँगै उपमहानगरपालिकाका विभिन्न वडामा यस्तै समस्या देखिएको छ ।
क्याम्पस अघि फाेहाेरकाे डङ्गुर हुँदा यसले क्याम्पसलाई समेत असर पारेकाे महेन्द्र बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति माधव खत्री बताउँछन् । उपमहानगरपालिकाले ततकाल याे फाेहाेर उठाउनुपर्ने उनी बताउँछन् ।






