नेपालगन्ज : बाँकेकाे जमुनाहमा रहेकाे स्वास्थ हेल्थ डेक्सविगत तीन महिनादेखि अलपत्र देखिएकाे छ । यहाँ कार्यरत कर्मचारीलाई दुई महिनादेखि तलब नदिएपछि कर्मचारीले काममा समेत जाँगर देखाएका छैनन ।
जनजी आन्दोलनका क्रममा आगजनी भएको हेल्थडेक्स मर्मत हुन सकेकाे छैन । तर, कर्मचारी हेल्थडेक्स बाहिर टेबुल राखेर बस्ने गरेकाे हेल्थडेक्सका कर्मचारी सुनिता शर्मा बताउँछिन् ।
उनका अनुसार साउन यता जनस्वास्थ्यले नत तलब दिएको छ नत खानेपनी र बिजुलीकाे पैसा नै दिएकाे छ छ । उनले भनिन ” हामी नियमित काम गरिरहेका छाै कार्यालयले वेवास्ता गरेकाे छ ।”
शर्मा अहिले पानी र बिजुलीकाे बिल तिर्नका लागि रकम माग गर्न जनस्वास्थ्य र नेपालगन्ज उपमहानगरपालिकाकाे स्वास्थ शाखामा धाउँदै गरेकी छन ।
यता जनस्वास्थ्यका एक अधिकारीले जमुनाह डेक्समा रहेका अस्थायी कर्मचारीलाई साउन देखि काम नगर्न भनिसकेकाे बताएका छन ।
जमुनाहका कर्मचारीलाई काम नगर्न भनिएकाे छ उनले भने ” कर्मचारी छैनन, काम छैन कसलाई दिने रकम ?”
तालुक अड्डाले काम नगर् भनिसकेपछि बाहिर टेवल राखेर काम गरिरहेकाे भन्नू उहाँहरुकाे व्यक्तिगत कुरा हाे । उनले थपे “अफिसले काम गर्न भनेकाे छैन ।”
यतिबेला जमनाह हेल्थडेक्समा त्यहीँ कार्यरत कर्मचारी बिच फाटाे आउन थालेकाे देखिएकाे छ ।
यहाँ १२ जना कर्मचनरी कार्यरत थिए । तर, जनस्वास्थ्य कार्यालय समस्या समाधान र कर्मचारी व्यवस्थापनमा उदासनै देखिएकाे छ ।






