ट्रेण्डिङ

नेपालगन्ज : गृह मन्त्रालयकाे निर्णय अनुसार गठित  बन्दी खाेजी तथा पक्राउ कार्यदल बाँकेकाे बैठक बसेकाे छ ।

कार्यदलका संयाेजम सहायक प्रमुु जिल्ला अधिकारी पुर्णबहाबहदुर खत्रीकाे अध्यक्षतामा बसेकाे बैठकले केही अघि नाैबस्ता जयन्तु बाल सुधार गृहबाट भागेका बालबन्दीलाई सम्पर्कमा आउनु अनुराेधका साथै यसरी भागे बन्दी फेला परेमा सम्बन्धित निकाय वा नजिककाे प्रहरीमा बुझाइ सहयाेग गरिदिन नागरिकसँग अपिल गरिएको छ ।

कार्यदलले जारी गरेकाे सुचनामा यसरी भागेका बन्दी लुकाउने, छिपाउने र आश्रय दिने कुनै व्यक्तिलाई समेत कसुरदार भनी कानुनी कारवाही गर्ने समेत चेतावनी दिइएको छ ।

साथै अर्काे एक सुचनामा प्रशासनकाे अनुमातिविना हुलदङ्गा, नाराजुलुर गर्न समेत राेक लगाउने  बाँके सिडिओ अफिसले जारी गरेकाे सुचनामा उल्लेख छ ।

जेनजी आन्दोलन पछि पनि केही दिन यता नेपालगन्जमा दुर्गामुर्ति बिसर्जनका निहुँमा झडप, हुलदङ्गा भैरहेकाे छ ।

याे हुलदङ्गा सहज नियन्त्रणमा आउन नसक्ने देखिएपछि प्रशासनले अन्तत यस्ताे सुचना जारी गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय