ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे खजुरामा रहेकाे क्यान्सर अस्पताल यतिबेला अधविहीन बनेकाे छ ।

यसअघिका अध्यक्ष टेकेन्द्र मल्लकाे कार्यकाल सकिएपछि करपब तीन महिनादेखि अस्पतनल अध्यक्ष विहीन भएको हाे ।

अहिले अस्पतनलका सदस्य तथा प्रखर मिसनका अध्यक्ष महेन्द्र मल्लकाे नेतृत्वमा क्यान्सरले गति लिइरहेकाे छ ।

याे अस्पताल विगतमा विवाद र आन्तरिक लफडामा गुर्जिएपनि अध्यक्ष मल्ल हटेपछि अस्पताल विवादरहित ढंगले अघि बढेकाे सदस्य महेन्द्र मल्ल बताउँछन् ।

अस्पतालमा औषधी लगायत विभिन्न सामाग्री खरिदमा आर्थिक अपारदर्शीता रहेकाेले यस बिषयमा छानबिन जरुरी देखिएको अस्पताल श्रोत बताउँछ ।

यसअघि क्यान्सर अस्पतालकाे आर्थिक अपारता वारे अख्तियारमा समेत उजुरी पर्दा अखितयारले बयानसम्म लिएको थियाे । तर, प्रभावकारी छानबिन र कारवाही हुन सकेकाे देखिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय