ट्रेण्डिङ

नेपालगन्ज : सिद्धपाइला अनलाइनकाे नियमित निगरानी र समाचार सम्प्रेषणपछि बाँकेका एसपी अङ्गुर जीसी एक्शनमा उत्रिएका छन ।

नेपालगन्जकाे बाइपासमा भएको हाईप्राेफााइल जुवाडे समातेर अदालतबाट म्याद थप गरि कानुनी दायरामा ल्याएसँगै शुक्रबारराती नेपालगन्जका दर्जनबढी हाेटल, रेष्टुरेन्टबाट ४५ जनालाई नियन्त्रणमा लिएका छन ।

यहाँका हाेटलमा याैनधन्दा चलिरहेको विशेष सुचनाका आधारमा एसपी जीसीकाे निर्देशनपछि बाँके प्रहरीकाे टाेलीकाे सक्रियतामा उनीहरू पक्राउ परेका हुन ।

बाँके प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ जना पुरुष र अन्य सबै  महिला छन । शनिवार भएकोले उनीहरूलाई थुनामा राखिएको छ आइतवार कानुनी प्रक्रिया अघि बढाइने भएको  छ ।

नेपालगन्जका न्युराेड, बसपार्क, कारकादाे, गणेशमानचाेक लगायतका क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय