ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज र आसपासमा याे वा त्याे ढंगबाट गुण्डारमज चम्किदै जान थालेपछि बाँके एसपी अङ्गुर जीसी यस्ता गतिविधि निर्मुल गर्न सक्रिय देखिएका छन ।

यहाँ विगतदेखि समुहगत र दलिय गुण्डागर्दी चल्ने गरेकाे यथार्थ हाे । वालुवा, ढुङ्गा, गिट्टी  तस्करीदेखि अन्य अबैधधन्दालाई व्यवसाय बनाउँने र खाेला कब्जा लिएर गुण्डाराज चलाउने व्यक्तिहरु यतिबेला धमाधम पुलिस खाेरमा चिसाे हावामा हरमस्ती गर्न पुगेका छन ।

बाँके पुलिसका अनुसार टाेले देखि समुहगत र दलिय सम्मका गुण्डा पुलिस नियन्त्रणमा छन । पेस्ताेल, खुकुरी प्रहारदेखि ज्यान मार्ने उधाेग अन्तरगत उजुरीका आधारमाकेही गुण्डा पुलिस खाेरमा थुपारिएका छन ।

बाँकेमा चार/पाँच प्रकृतिका गुण्डाहरू सक्रिय रहेका  छन्। विगतको जस्तो संगठित ‘गुण्डाराज’ नभए पनि विभिन्न स्वरूपमा आपराधिक समूहहरू सक्रिय रहेको र प्रहरीले उनीहरूमाथि सूक्ष्म निगरानी गरिरहेको देखिएको छ ।

पुलिसका अनुसार पहिलो टोले गुण्डा हुन्। उनीहरु आफ्नो टोल वा सानो क्षेत्रमा प्रभाव जमाएर दादागिरी देखाउने समूह हुन्। अर्का अवसर खोजेर सानातिना आपराधिक गतिविधिमा संलग्न हुने फ्याउरे गुण्डा। व्यावसायिक गुण्डा चाहिँ अपराधलाई नै पेशा बनाएर संगठित रूपमा काम गर्ने समूह छन ।

‘यी सबैको गतिविधि शान्ति सुरक्षा खल्बल्याउने र अपराध गर्ने नै हो,’ बाँके पुलिसका एक अधिकारील भने, ‘प्रहरी यी सबैप्रति निर्मम भएर अगाडि बढ्छ।’

बाँकेका नेपालगन्ज, काेहलपुर, राप्तीसाेनारी, खुरा क्षेत्र अलि धेरै गुण्डागर्दी हुने पालिकाका रूपमा रहेकाे भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय