ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घाेटाला काण्डमा फरारसुचीमा रहेका धेरै व्यक्ति अहले पनि पुलिसकाे नियन्त्रणमा र अदालतकाे सम्पर्कमा आउन सकेका छैनन् ।

उनीहरू बाँके पुलिसकाे फरारसुचीमा राखिएका छन । तर, यसरी पुलिसले नदेखेका आराेपितहरु नेपालगन्ज लगायतका शहर/ बजारमा खुलेआम मस्ती गरिरहेका छन । जसमा व्यवसायी, वकिददेखि डाक्टर हुँदै नेतासम्म छन ।

बाँके पुलिसले फरार भनिएका व्यक्तिलाई नियन्त्रणमा लिन चासाे नदेखाउँदा अदालतकाे आदेश समेत कार्यान्वयन हुन सकेकाे छैन। पुलिसले भने फरार भनिएकाकाे खाेजी भैरहेकाे रेडिमेट जवाफ दिदै आएको छ ।

यसअघि पुलिसकाे नियन्त्रणमा रहेका र अदालतले पुर्पक्षका लाथि थुनामा राख्न भनिएका केही थुनामा भए पनि दलिय शक्ति र पहुँचकम भरमा केही नेताहरू उपचारकाे वहानामा महिनाैदेखि अस्पतालमा बसेर मस्तीकाे जीवन विताउँदै आएको देखिएको छ ।

अदालतले थुनामा राख्न भनेपनि बाँके कारागारका जेलरकाे उदासीनतामा केही नेतालाई महिनाैदेखि मर्निङवाककाे सुविधा समेत दिएर अस्पतालमा राखिएको खुलेकाे छ ।

बैंकमा भएको सवा तीन अर्ब रुपैयाँको घोटाला मुद्दामा संलग्न ठहर भएका  एमालेका एक केन्द्रीय सदस्यसहित तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियाे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले बैंकका पूर्वअध्यक्ष रहेका एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राख्न आदेश दिएको हो।

बैंकमा भएको आर्थिक अनियमितताको अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले १०९ जनालाई प्रतिवादी बनाई उच्च अदालतमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो। तीमध्ये हालसम्म छ जना जति मात्र पक्राउ परेका छन् ।

दुई जनाको मृत्यु भइसकेको छ। अन्य सबै फरार भनिएका नेपालगन्ज, काेहलपुर, खजुरा लगायतका शहर/ बजारमा खुलेआम मस्ती गर्दै आएकम छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय