नेपालगन्ज : आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा बाँकेकाे सर्वदलिय/ सर्व्वपक्षिय समितिले केही मतदान केन्द्र र स्थलकाे रुपान्तरणका लागि सिफारिस गरेकाे छ ।
सिडिओकाे संयाेजकत्वमा दलिय प्रतिनिधीसहित हुने जिल्लास्थित समितले उक्त सिफारिस गरेकाे हाे । समितिका अनुसार काेहलपुर, राप्तीसाेनारी, खजुरा पालिकाका यसअघिका केन्द्र र स्थल रुपान्तरण गरिएको छ ।
सरकारकाे निर्देशन पछि निर्वाचन आयाेगले सबै दल र जिल्ला स्थित निर्वाचन कार्यालयलाई आगामी फागुन २१ काे चुनावका लागि तयारी गर्न भनिसकेकाे छ ।
यसअनुसार देशभरका निर्वाचन कार्यालयले चुनावका लागि आबश्यक तयारी गरिरहेका छन । गाउँ, बस्ती र पालिका तहमा समेत चुनावी अभियान चल्न थालेकाे देखिएको छ ।






