ट्रेण्डिङ

नेपालगन्ज :  नेकपा एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्काजस्तै  देखिएको छ ।

महाधिवेशन तयारीका निम्ति उपसमितिहरू गठन गर्ने मुख्य एजेण्डा रहेको आजको सचिवालय बैठकमा नेताहरूले लिएको अडानले सर्वसम्मत नेतृत्व चयनको सम्भावना लगभग सकिएको हो ।

‘केपी ओलीले अध्यक्ष छोड्न सकिन्नँ भन्नुभयो, ईश्वर पोखरेलले म प्रतिस्पर्धा गर्छु, र परिणाम स्वीकार्छु भन्नुभयो,’ एक पदाधिकारी भन्छन्, ‘आजको बैठकपछि अब औपचारिक रुपमै नेतृत्वको संघर्ष सुरु भयो ।’

नेताहरूको मनसाय बुझेपछि ओलीले पनि अब आफ्नो प्रतिस्पर्धा ईश्वर पोखरेलसँग हुनसक्ने प्रष्ट संकेत दिए । ‘सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र !,’ ओलीले नेतृत्वमा प्रतिस्पर्धा हुने सन्देश दिए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठले भने ईश्वर पोखरेललाई साथ दिनेगरी बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय