ट्रेण्डिङ

नेपालगन्ज : जेनजी आन्दोलनकाे अगुवा भनिएकी रक्षा बममाथि बाँकेका जेनजीहरु आक्रोशित बनेका छन ।

भदौ २३/२४ गते देशभर भएको जेनजी आन्दोलनका बेला काठमाडौमा बाँकेकाे नेपालगन्जका दुई जेनजीले ज्यान गुमाएका थिए ।

तर, राज्यले अहिले पनि सहिद घाेषणा वाहेक कुनै सहयाेग गर्न सकेकाे देखिदैन । परिवारजनमा उक्त पीडा अझै सेलाएकाे छैन ।

यस्ताे अबस्थामा  केही दिन अघि नेपालगन्ज आएकी बमले दुईदिने बसाइँमा समेत जेनजी सहिद परिवारलाई नभेटी सहिदप्रती अवहेलना गरेकाे भनिएको छ ।

आन्दोलनमा सहिद भएका जेनजीकै ठाउँमा आएर रमाइलो गरि फर्कने तर, सहिद परिवारलाई नभेटी व्यवास्ता गरेकाे भन्दै बाँकेका जेनजीहरुले आक्रोश पाेखेका हुन ।

सिद्धपाइलाकाे सम्पर्कमा आएका केही जेनजीले भने ” बम जि जुनसुकै कामकाे शिलशिलामा नेपालगन्ज आएको भएपनि एकछिन जेनजी सहिद परिवार र यहाँका जेनजीलाई समय दिनुपर्ने हाे ।” उनीहरूले थपे ” तर, उहाँले कुनै मतलव गरेकाे देखिएन ।”

एक निजि कम्पनीको नगदी कमाउ कार्यक्रममा आएकाे भनिए पनि सहिदकाे घरआँगनमा पुग्दा सहिद परिवारलाई भेटनु पर्थ्याे बाँकेका एक नागरिक अगुवाले नाम नछाप्ने शर्तमा भने ” सहिद परिवारकाे भावनामा खेल्दै बमले सेलिब्रेेटी बन्ने तर्फ धेरै  ध्यान दिएको आभाष भयाे ।”

नेपालगन्जमा बम केही सेमिनारमा सहभागी भएर गएको आयाेजक कम्पनी आबद्ध एक प्रतिनिधी बताउँछन् । तर, यस बिषयमा प्रतिक्रीयाका लागि बमसँग सम्पर्क गर्न खाेज्दा सकिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय