ट्रेण्डिङ

नेपालगन्ज : बाँके पुलिसमा अङ्गुर जीसीले कमाण्ड सम्हालेपछि केही समय यहाँको सुरक्षा व्यवस्थापनमा पुलिसकाे सक्रियता गतिलै देखिएको थियाे ।

चाेरी, तस्करी, गुण्डागर्दी नियन्त्रण हुन थालेका थिए । अहिले पनि केही हदमा सुधारका  काम भैरहेका पनि छन । तर, पछिल्लो समय बाँके पुलिस सुरक्षा जाँचकम निहुँमा गलतधन्दा तर्फ लाग्न थालेकाे जनगुनासाे छ ।

आपराधिक गतिविधि नियन्त्रण, तस्करी राेकथाम र गुण्डागर्दी कमजोर बनाउने भन्दै  देखावटी कडाइ गरेपनि आन्तरिक रूपमा बाँके पुलिस असुलीधन्दामा सक्रिय हुन थालेकाे श्रोत बताउँछ ।

यहाँका स्टार हाेटलदेखि, स्पा, क्यासिनाे र साना, मझौला हाेटलमा चेकजाँच र सुरक्षाका निहुँमा पुलिसका केही जवानदेखि अधिकृतले कमाउधन्दा थालेकाे व्यवसायीकाे आराेप छ ।

अहिले बाँकेमा रमेश बनगाईले घुमुवा कमाण्ड सम्हालेका छन । उनी एसपी जीसीका बिश्वासपात्र मानिने बाँके पुलिसकै केही अधिकारी बताउँछन् ।

हुनत बाँके आउने जाेकाेही पुलिस प्रमुख र मातहतका जवानदेखि अधिकृतसम्मकाे मुख्य लक्ष्य नै याे वा त्याे ढंगबाट माेटाे रकम असुल्ने नै हुने गरेकाे छ ।

यहाँका यसअघि  बसेका श्यामकृष्ण अधिकारीदेखि महेशबिक्रम शाह मात्रै हाेइन २० बर्ष यताका सबै एसपी आर्थिक असुलीकै मामलामा बिवादीत बनेर गएको इतिहास छ ।

तर, यस बिषयमा बाँके पुलिसका एक आधिकारिक अधिकृतका अनुसार विगतकाे जसरी अहिले पुलिस असुलीमा छैन उनले भने ” बाहिर हल्ला गलत हाे, अहिले बाँके पुलिसकाे ध्यान जिल्लाकाे शान्ति सुरक्षामै केन्द्रीत छ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय