नेपालगन्ज : चेकजाँच र सुरक्षाका सवालमा बाँकेका एसपी अङ्गुर जीसीले कडा निर्देशन दिएको भनिएका बेला नेपालगन्जमा घुमुवा र जयसपुर पुलिसकाे मिलेमतोमा असुली चरम भैरहेकाे छ ।
घुमुवा इन्चार्ज र जयसपुर पुलिसका इन्चार्जकाे मिलेमताेमा अहिले इन्भटर ब्याट्री आयातमा असुली भएको खुलेकाे हाे ।
नेपालगन्जका केही इन्भटर ब्याट्री पसलेसँगकाे मिलेमताेमा अटाे प्रयाेग गरेर ब्याट्री ल्याउने र त्यसबाट कमिसन लिने गरेकाे पुलिस निकट श्रोत नै बताउँछ ।
केही दिनअघि नेपालगन्जका एक व्यवसायीसँगकाे सेटिङ्ग र घुमुवा र जयसपुरका इन्चार्जकाे मिलेमतोमा माेटाे रकम असुली भएको छ । श्रोतका अनुसार जयसपुर इन्चार्जले १ लाख र घुमरवाले १ लाख ५० हजार कमिसन लिएको बुझिएको छ ।
क्यासिनो र स्पाबाट चरम असुली हुने नेपालगन्जमा अहिले सिजनेवल ब्याट्री आयातबाट असुली हुन थालेकाे छ । पुलिस सेटिङ्गमा इन्भटरकाे व्याटी अटाेकाे व्याटीमा राखेर ल्याउने गरिएको खुलेको छ ।






