ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज औधाेगिक क्षेत्रले सरकारी जमिनकाे दुरुपयोग गरि मासिक लाखौंको रकम उठाउँदै आएकाे छ ।

औधागिक क्षेत्रले सरकमरी जमिन भाडामा दिएर निजि व्यवसाय सन्चालन गर्न पाउँदैन । तर, नेपालगन्जमा कर्मचारीकाे मिलेमतोमा हालिमुहाली चलेकाे छ ।

औधाेगिक क्षेत्रले सुर्खेतराेडमा जाेडपएकाे जमिन व्यक्तिलाई भनडामा दिएर यसबाटमाेटाे रकम मनाेमानी असुली रहेकाे खुलेकाे छ ।

सुर्खेतराेडका औधाेगिक क्षेत्रकाे गेटदेखि उत्तर पेट्राेलपम्पसम्मकाे जमिनमा संरचना बनाएर निजि व्यवसाय चलाउन भाडा दिएको हाे । जहाँ २२ वटा सटर छन । जसबाट मासिक लाखौं असुली भैरहेकाे देखिएको छ ।

कार्यालयले याे वा त्याे निहुँमा बेलाबखतमा दु: ख दिने अनावश्यक भाडा बढाउने गरि व्यवसायीलाई सताउँदै आएकाे समेत यहाँका व्यवसायी बताउँछन् ।

हरेक महिना समय नपुग्दै भाडा लिष्ट पठाउने र समय रहँदा पनि रकम नतिरेकाे भनी कारवाही गर्ने दादागिरीले व्यवसायी तनावमा देखिने गरेका छन । यश बिषयमा औधाेगिक क्षेत्रका कर्मचारी कुनै प्रतिक्रीया दिन चाहदैनन ।

औधाेगिक क्षेत्रले यी सटरबाट मासिक ७० देखि एक लाखसमभाडा उठाउँदै आएको भनिएको छ । तर, यसकाे जानकारी औधाेगिक क्षेत्रकाे केन्द्रीय निकायमा हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय