नेपालगन्ज : आगामी फागुन २१ मा हुने भनिएकाे संघीय चुनाउमा बर्दिया २ मा नेकपा संयुक्तकाे तर्फबाट युवा नेतृ नीता शर्मा उम्मेदवार बन्ने भएकी छन ।
विधार्थी राजनीतिबाट उदाएकी शर्मा अहिले संयुक्तकाे केन्द्रीय राजनीतिमा सक्रिय छन । काङ्ग्रेस र एमालेकाे गढ मानिएकाे बर्दिया २ मा यी ठुला दलका लागि शर्मा कडा प्रतिस्पर्धीका रूपमा देखिएको मतदाता बताउँछन् ।
अहिले यश क्षेत्रमा ठुला भनिएका दललाई चुनाउ फलामकाे चिउरा जस्तैः बन्ने भएको छ । संयुक्तले यहाँ चुनावी अभियान टाेल, बस्ती गाउँ शहरमा व्यापक बनाएको चुनाउ प्रचार समिति बर्दिया बताउँछ ।
शर्ममले अहिले संयुक्तकाे तर्फबाट जेनजीकाे नेतृत्व समेत गर्ने राजनीति जानकारहरुकाे विश्लेषण छ ।






