ट्रेण्डिङ

नेपालगन्ज :  बाँकेमा  पछिल्लो समय विकास र समृद्धिकाे पर्यावाची नाम हाे इस्तियाक राई  । अहिले उनै राई बाँके क्षेत्र  नम्बर २ मा एमालेका तर्फबाट संघी साँसदका उम्मेदवार छन ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नम्बर २ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका मोहम्मद इश्तियाक राई एमालेका दिनेशचन्द्र यादवलाई ठुलो मतान्तरले पराजित गरेका थिए ।

२०६४ सालको संविधान सभा निर्वाचन पश्चात् संघीय सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राई शहरी विकास र भौतिक पूर्वाधार गरि २ पटक मन्त्री बनेका थिए । यसवेला राइले बाँके दर्जनबढी करोडौं  लागतका याेजना ल्याई सबै  याेजना निर्माण सम्पन गरेकम छन ।

संघीय सरकारमा मन्त्री हुँदा बाँके जिल्लामा ल्याएको विकासका आयोजनाहरुलाई वर्तमान निर्वाचनमा आफ्नो प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा जाने तयारीमा रहेका छन् ।

विगतका दुई कार्यकालमा आफू बाँके-२ का जनताको हरेक दु:ख सुखमा सदैव साथमा रहेको भन्दै उनले कामको मूल्यांकन जनताले गरेर फेरि मलाई विजयी बनाउनेमा आफू ढुक्क रहेको बताए। उनले भने, ‘नेपालगन्जमा अस्पताल र सडकहरुको स्तरोन्नति, सभाहल, पुलपुलेसाहरुको निर्माण लगायतका अनेकौं विकासको काम गरेका छन ।

मन्त्री भएको बेला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरे का राईले नेपालगन्जकाे भेरी अस्पताल, रेडक्रस, सभागृह मात्रै  बनाएनन यहाँको सडक स्तरउन्नतीसँगै ट्रााफिक लाइट र हाइमास्क जडानसम्मकाे विकास गरि शहरलाई समृद्ध बनाएकाे यथार्थ हाे ।

यस्तै विकास र समृद्धिकाे अर्को नाम हाे सुमन मल्ल । विगतमा खजुरा गाउँपालिकाकाे वडा नम्बर १ काे अध्यक्ष हुँदा मल्लले वडालाई विकास निर्माण देेखि सबै पुर्वाधार र जनताकाे सेवामा देशकै उत्कट वडापालिका बनाउन सफल भएका थिए ।

सामाजिक काममा सधैं  लागिपर्ने मल्ल युवामाझ लाेकप्रिि र मिलनसार नेता मानिन्छन । अहिले पनि संघी चुनावमा उम्मेदवार बनेका मल्लबाट यश क्षेत्रका जनताले ठुलाे अपेक्षा गरेका छन ।

एमालेको तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिनुको कारण खुलाउँदै राईले  भने, ‘संविधान, संघीयता र लोकतन्त्र रक्षाका लागि म एमालेबाट उम्मेदवार भएको हुँ।

राष्ट्रप्रेम र देश विकासका सवालमा केपी ओलीको चट्टानी अडानबाट प्रभावित  जनताले एमालेलाई  मतदान गर्छन मल्लले भने ” एमालेले नै नागरिकका बाँकी मुद्दाको सम्बोधन गर्नसक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय