ट्रेण्डिङ

नेपालगन्ज : काठ व्यवसायीकाे संस्था नेपाल वन पैदावर उधाेग संघमा  लफडै लफडा देखिन थालेकाे छ । टेण्डरदेखि काठ लिलामसँगै संस्थाकाे आर्थिक हरहिसाबमा समेत लफडा भएको श्रोत बताउँछ ।

टेण्डर खाेल्दा पनि दुई समुहमा विभाजित केही ठेकेदारकाे व्यक्तिगत रिसिईभिका कारण समस्या हुने गरेकाे छ ।

अर्काेतिर संस्थाकाे करिब ४६ लाखकाे आर्थिक काराेवार अपारदर्शी देखिएको खुलेकाे छ । यसका लागि बनेकाे उपसमितिले समेत उक्त हरहिसाब मिलान गर्न र पारदर्शिता कायम गर्न नसकेकाे देखिएको  छ ।

यसले अहिले संस्था लफडै लफडाकाे चङ्गुलमा परेकाे छ । आर्थिक हरहिसाब पारदर्शी गर्ने तर्फ उपसमिति सक्रिय देखिदैन । यहाँ  केही व्यक्तिकाे डनगिरी नै चल्ने गरेकाे व्यवसायी बताउँछन् ।

उक्त  रकम असुलीका लागि टेण्डर व्यवस्थापन उपसमिति बनाईएकाे थियाे समाचार श्रोतले भन्याे ” साेही समितिले ४६ लाख हिनामगरेकाे देखिन्छ ।”

संघका एक पुर्व पदाधिकारीका अनुसार उक्त  उपसमितिकाे संयाेजकमा काठ व्यवसायी  रबिन्द्र लम्साल थिए । तर, लम्सालले भने आफू कुनै पनि समितिमा नभएको  दाबी गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय