ट्रेण्डिङ

नेपालगन्ज : भेरीगंगा नगरपालिकाका इन्जिनियर गणेश कार्कीमाथि कार्यालय परिसरमा धकेलाधकेल र दुर्व्यवहार गरेको आरोपमा निर्माण व्यवसायी कमल खड्का ‘जुनी’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

#इलाका प्रहरी कार्यालय छिन्चुले खड्कालाई गएराती नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको हो ।

खड्काविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख (प्रहरी निरीक्षक) प्रकाश केसीले जानकारी दिए ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका खड्कालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

नगरपालिकाले ठेक्का लगाएको योजनाको स्टक प्रमाणित गर्ने विषयमा विवाद हुँदा निर्माण व्यवसायी खड्काले इन्जिनियर कार्कीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय