नेपालगन्ज : सुदन गुरुङको निर्देशनपछी निर्मला पन्त प्रकरणको पुनः अनुसन्धान चलेपछि बाँकेका एसपी अङ्गुर जिसी अत्याधिक चर्चामा छन । त्यस बखत जिसी सिआइबीबाट अनुसन्धान अधिकृत खटिएका थिए ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकाे घटनाका दोषी दिलीपसिंह विष्ट नै हुन् भन्नेमा म विश्वस्त छु” भन्ने धारणाजिसीले व्यक्त गरेका थिए। त्यस समयको परिस्थितिमा अनुसन्धान, सार्वजनिक दबाब र अन्य विवादका कारण यो प्रकरण व्यापक बहसको विषय बनेको थियो।
गम्भीर अपराध अनुसन्धानमा अनुभवी मानिने जिसीले विभिन्न जटिल घटनाको सफल अनुसन्धान गर्दै उत्कृष्ट प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका छन्।
केही वर्षअघि तीनकुनेमा भएको चार जनाको सामूहिक ह त्या प्रकरणका मुख्य अभियुक्तलाई ३६ घण्टाभित्र पक्राउ गर्न सफल भएपछि पनि उहाँको अनुसन्धान क्षमताको व्यापक प्रशंसा भएको थियो।
निर्मला पन्त प्रकरणको पुनः अनुसन्धान भइरहेका बेला अङ्गुर जिसीको भूमिका फेरि चर्चामा आएको छ। उता तत्कालीन अबस्थामा घटनलाई प्रभावित पारेकाे र अभद्र व्यवहार लगायतकाे उजुरीमा कन्चनपुरका पत्रकार खेम भण्डा अहिले प्रहरी हिरासतमा छन ।






