ट्रेण्डिङ

नेपालगन्ज  : राष्ट्रिय युवा सघं नेपाल बाँकेले एक युवा पाँच बुरुवा एक महीने वृक्षारोपणअभियान आठवटै पालिकामा गरेकाे छ  ।

सङ्घ जिल्ला कमिटीको  सहकार्यमा यी पालिकामा बृहत बृक्षाराेपण गरिएको सङ्का जिल्ला अध्यक्ष  ज्ञानु वलि बताउँछन् । उनका अनुसार महाअभियान अन्तर्गत अन्तिम दिन डुडुवा, नरैनापुर र राप्तीसाेनारिमा बृक्षाराेपण गरि अभियान सकिएकाे छ ।

यसअङि खजुरा, बैजानाथ, काेहलपुर र नेपालगन्जमा सङ्घले बृक्षाराेपण गरिसकेकाे सङ्का सचिव सुनिल रसाइली बताउँछन् ।

राप्तीसाेनारिमा भएको समापन कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशाेर थापाले युवा सङ्घले गरेकाे याे काम हरियालि नेपाल निर्माण अभियानकाे रुप भएको बताएका छन ।

समापनमा एमाले पार्टी उप-सचीव  थापा  सहित सेताेखरि मिडियाका सम्पादक कमल न्याैपाने,  संघका केन्द्रीय सदस्य,प्रदेश सदस्य र  जिल्ला युवा नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय