ट्रेण्डिङ

नेपालगन्ज : भेरी अस्पताल पश्चिम नेपालकै रिफरल सेन्टर मात्रै  हाेइन नागरिक  स्वास्थ्यकाे मन्दिरका रूपमा रहेकाे छ ।

यहाँ  बाँके, बर्दियाका नागरिक मात्रै  नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम  नेपालका लाखौं नागरिक स्वास्थ्य  उपचनरका लागि आउने गरेका छन । मृगौला  लगायत दीर्घराेगका विरामीका लागि त याे अस्पताल मन्दिर सरह पुजनिय बनिरहेकाे  छ ।

संघीय अस्पतालका रूपमा रहेकाे भेरीले स्वास्थ्य सेवा प्रवाहसँगै पुर्वाधार प्रविधि विकासमा पनि उत्तिको  फड्काे मारिरहेकाे देखिन्छ । तर, यसकाे समृद्धिका लागि लुम्बिनी  प्रदेश र स्थानीय  सरकारका तर्फबाट उचित सहयाेग हुन सकेकाे छैन ।

संघीय सरकारकाे पहल र संघीय बजेटमा अहिले भेरीले भाैतिक पुर्वाधार  चिटिक्क पारेकाे मात्रै  छैन विभिन्न युनिटमा आबश्यक पर्ने स्वास्थ  उवकरणकाे समेत गतिलो जाेहाे गरेर नागरिकलाई प्रभावकारी सेवा प्रवनह गरिरहेकाे छ ।

अस्पतालले हरेक बर्ष स्थापना दिवस मनाउछ । जहाँ प्रदेशका मन्त्री देखि साँसदसम्म सहभागी हुन्छन । तर, शुभकामना  मन्तव्यमा चर्का स्वरमा ठुला गफ दिएपनि अस्पतालकाे विकास, उपकरण र अन्य व्यवस्थापनमा प्रदेशकाे सहयाेग शून्य तहमा रहदै आएकाे छ ।

अहिले बाँकेका रत्न खत्री लुम्बिनी  प्रदेेशकाा मन्त्री छन । लुम्बिनी   सरकारले केही साताअघि मात्रै  बजेट ल्याएकाे छ तर उनै मन्त्री  खत्रीले भेरी अस्पतालका लागि बजेट विनियोजनमा चरम कन्जुस्याइँ  गरेकाे देखिएको छ। तर उनले यही बार्षिकत्सवमा लाज पचाएर जाेडबलका साथ गफिदै सहयाेगकाेे हुङ्कार द्रखाएका छन ।

भेरीकाे विकासमा यहाँका स्थानीय  राजनीति  दल र यसका नेताहरू समेत उदासीन देखिदै आएका छन । तर उनीहरू  यस्ताे स्वीकार्न कहिल्यै  तयार हुँदैनन् ।

पुर्वमन्त्री इस्तियाक राईकाे पहलले विगतकाे तुलनामा भेरीले पुर्वाधार निर्माणमा मुहार फेरेकाे हाे । यसकाे विकासमा नत डाक्टर धवल शम्सेरले केही गरे नत अन्य सघीय तथा प्रदेश साँसद यसमा कसैले पनि उचित भुमिका खेल्न सकेकाे देखिदैन ।

सात शय्याको सानो डिस्पेन्सरीबाट सुरु भएको भेरी अस्पताल यतिबेला  पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी विशेषज्ञ अस्पतालका रूपमा स्थापित भएको छ ।

सरकारले २०६१ सालमै दुई सय शय्याको स्वीकृति दिए पनि आवश्यक बजेट, पूर्वाधार र जनशक्ति अभावका कारण त्यसअनुसार सेवा विस्तार हुन सकेन । अहिले अस्पताल तीन सय शय्याको क्षमतामा सञ्चालन भइरहेको छ ।

कुनैबेला सामान्य विशेषज्ञ सेवामा सीमित रहेको अस्पताल अहिले सुपरस्पेसियालिटी सेवासहितको स्वास्थ्य संस्थामा रूपान्तरण भइरहेको उनको भनाइ छ ।

अहिले  अस्पतालमा क्याथल्याब, नेफ्रोलोजी, डायलाइसिस, मिर्गौला प्रत्यारोपण, स्पाइन सर्जरी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, जलन उपचार, सिकलसेल तथा थालेसिमिया सेवा, अत्याधुनिक अपरेशन थिएटर, आधुनिक प्रयोगशाला तथा अन्य विशिष्ट सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय