ट्रेण्डिङ
नेपालगन्ज : बाँकेमापनि यतिबेला  मिटरब्याज एक गम्भीर आर्थिक अपराध र सामाजिक समस्याको रूपमा देखिएको छ। जसका कारण धेरै  नागरिकले घरबास र जमिन नै गमाउनु परेकाे छ ।
बाँकेका विभिन्न स्थानीय तहबाट जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दर्जनौँ उजुरीहरू दर्ता भएका छन्। पीडितहरूले उच्च ब्याजदर, सावाँभन्दा बढी रकम चुक्ता गर्दा पनि मिटर ब्याजीले  जग्गा तथा सम्पत्ति कब्जा गरेको र धम्की दिएको गुनासो गर्दै आएका छन्।
  सरकारले अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गरेर पीडितहरूबाट उजुरी आह्वान गरेको थियो। बाँके प्रशासनले पनि उजुरीका आधारमा साहुकार र पीडितबीच छलफल गराउने, मिलापत्र गर्ने वा ठगी तथा शोषण गर्नेलाई कानुनको दायरामा ल्याउने काम गर्दै आएको भनिएपनि धेरै नागरिक  अझै  पीडित छन ।

कम रकम ऋण दिएर त्यसको कैयौँ गुणा बढी रकमको तमसुक (कागजात) बनाउने, खाली चेकमा सही गराउने र समयमै चुक्ता गर्न नसक्दा घरखेत लिलामीको धाकधम्की दिने प्रवृत्ति बाँकेमा व्याप्त छ ।

बाँके प्रशासनमा  मिटर ब्याजीविरुद्ध दुई  दर्जनबढी उजुरी परेका छन् । उजुरी परेकामध्ये केही  मुद्दा अदालती प्रक्रियामा पुगेका छन ।  जसमा  दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको सिडिओ अफिस निकट श्रोत  बताउँछ ।

तर,  बाँकेमा मिटर ब्याजीको ठूलो समस्या नरहेको भन्दै जिल्ला अधिकारीहरु आएका छन । पूर्वतिर जस्तो समस्या नदेखिएपनि यहाँ  याे समस्या कमी चाहिँ छैन ।

यश काममा सरका,का पुर्व उच्च अधिकृतदेखि ठेकेदार, नेता र व्यवसायी संलग्न  देखिन्छन । बाँके सिडिओ अफिसमा परेका उजुरी ह्र्दा पनि याे तह र तप्काका व्यक्तिले मिटरब्याजकाे काम गर्दै  आएकाे देखिएको छ ।

रकम असुलीकाे माग गर्दै   नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाा धेरै  नागरिकले प्रशासनमा उजुरी  दिएका छन । तर, समस्या जस्ताकाे त्यस्तै छ ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि  २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख छ।  अहिले नेपालगन्जमा यही धन्दाबाट आर्जिक अबैध  रकमले क्याफे रेष्टुरेन्ट र हाेटलमा मस्ती गर्ने र आलिशान जीवन विताउनेकाे हाेडबाजी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय