ट्रेण्डिङ

नेपालगन्ज  : नेपालगन्ज देखि भारतका विभिन्न ठाउँमा यात्रु लिएर जाने गरेका सवारी र यिनका टुर एण्ड ट्राभल्स एजेन्सिले लुट मच्चाएका छन ।

भारतको गुवाका लागि हिडेका एक सय जना यात्रुृहरु भारतको मध्य प्रदेशमा हाईज्याक भएका छन् ।

नेपालगञ्जबाट भारतको गुवाको लागि हिडेको बसा मालिकलाई नेपालगन्ज पुष्पलालचोकमा रहेको पञ्चकोशी र भगवती टुर्स एण्ड ट्राभल्सले टिकेट काटेको ६० हजार  नदिदा सयौं यात्रुहरुलाई सोही गाडी साहुले २४ घण्टासम्म हाईज्याक गरेका हुन ।

भारतको UP 93B T9944 नम्बरको बसमा सवार यात्रुहरुको नेपालका उक्त दुई ट्राभल्सले भाडा वापत बुझाउन बाँकी ६० हजार रुपैया नबुझाए पछि गाडी साहूले आफै यात्रुहरुलाई हाईज्याक अर्थात यात्रुहरुलाई होल्ड गरेकाे बताइएको छ ।

जनही ३ हजार भारु अर्थात ४ हजार आठ सय रुपैया नेपाली का दरले अग्रिम भाडा बुझाएका छन् । ट्राभल्सको आर्थिक बदमासीका कारण सयौ यात्रुहरुले पर भुमीमा  सास्ती व्यहोर्नु परेको छ ।

नेपालगन्जमा भएका दर्जन यस्ता एजेन्सीले नागरिकलाई दु:ख दिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय