ट्रेण्डिङ

काठमाडौ : हरेक वर्ष सरकारी सेवामा कार्यरत कर्मचारीको तलबको लागि गरिने खर्च बढ्दै गएको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा भने यस्तो खर्च घटेको छ।

गत वर्ष संघीय सरकार मातहत रहेका कर्मचारीको (निजामती सेवा, सेना, प्रहरी तथा सशस्त्र लगायतका) तलब भुक्तानी गर्न एक खर्ब २० अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ। यो त्यसअघिको वर्ष (आर्थिक वर्ष २०७९/८०) को तुलनामा करिब दुई अर्ब (एक अर्ब ९६ करोड) रूपैयाँ खर्च घटेको हो।

आर्थिक वर्ष २०७९/८० मा एक खर्ब २२ अर्ब ७४ करोड रूपैयाँको यस्तो खर्च भएको थियो।

खर्च प्रतिशतको आधारमा यस्तो खर्चमा १.६ प्रतिशतले कमी आएको हो। तर, शीर्षकगत रूपमा घटेको खर्चले भने सरोकारवालाहरूको ध्यान खिचेको छ। आर्थिक वर्ष २०४९/५० मा अपवाद मान्ने हो भने विगतमा यस्तो खर्च कहिल्यै घटेको थिएन।

२०४८ सालपछि बनेको सरकारले पञ्चायतकालमा मनपरी कर्मचारी राखिएको भन्दै कर्मचारी कटौतीको योजना अघि सारेको थियो। त्यति बेला करार र स्थायी गरी एक लाख दुई हजार कर्मचारी रहेकोमा २०४९ कात्तिकको निर्णयबाट ७८ हजार जनामा झारिएको थियो।

त्यति बेला २० वर्षे अवधि पुगेका तथा ५८ वर्ष उमेर पुगेका धेरै कर्मचारीलाई अवकाश दिइएको कारण ठूलो मात्रामा संख्या घटेको थियो। जसको प्रभाव कर्मचारीको पारिश्रमिक खर्चमा देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय