नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा चाैपाया व्यवस्थापनमा मेयर प्रशान्त विष्टले दिनरात नभनी सुर्खेत राेडमै कान्जिहाउस बनाएकाे देखिएकाे छ । उपमहानगरपालिकाले विर्तामा बनाएकाे कान्जिहाउस शहरदेखि टाढा भएकोले मेयर विष्टले सडकमै कान्जिहाउस बनाएर नगरका कर्मचारीलाई चाैपाया व्यवस्थापनमा सजिलाे बनाइदिएका छन । धन्य, हाे मेयर साप सडकमै कान्जिहाउस बनाएर चाैपाय व्यवस्थापनमा उल्लेख भुमिका खेलेकाेमा ।
अहिले नेपालगन्जकाे सुर्खेत राेडका विभित्र ठाउँमा चाैपायाकाे ताति देखिन्छ । जसका कारण सडकमा सवारी चचलाउन समेत समस्या भैरहेकाे छ । दुर्घटना बढिरहेका छन । विर्ताकाे कान्जिहाउस खालि छ । मेयरले सडकमा चाैपायकाे बासस्थान बनाएपछि शहरकाे शाेभा समेत कुरुप बन्दै गएकाे छ । तर, मेयर लगायतका जनप्रतिनिधिलाई लाज भने छैन ।
शहरकाे विपिचाेक, गणेशमान चाेक, पुस्पलाल र धम्बाेझि, न्युराेड र चारवाहिनि जताततै मेयरकाे सक्रियतामा खुल्ला कान्जिहाउस बनेकाे देख्दा नगरले चाैपाय व्यवस्थापनमा लाजै नमानि काम गरिरहेकाे देखिएको छ ।
खुल्ला कान्जिहाउस नै मेयरकाे प्राथमिकतामा थियाे भने विर्तामा लाखौं रकम किन लगानी गरेर कान्जिहाउस बनाएकाे ? चाैपाया व्यवस्थापनमा उदासीन मेयरले नगरकाे अरु विकास र समृद्धिका बारे गफ चुटनु याे भन्दा लाजमर्दो कुरा अरु के हुनसक्ला ? मेयर साप कि करोडौंको कान्जिहाउस सदुपयोग गर्नुहाेस कि खुल्ला कान्जिहाउसकाे अवधारणा नगर भेलाबाट पारित गर्नुहाेस ?
डाक्टर धवलकाे पालामा व्यवस्थापन हुन सकेको चाैपाया व्यवस्थापन अहिले किन हुन सकेकाे छैन यसकाे जवाफ कस्ले दिने ? मेयरकाे यस्ताे उदासीनताले सवारी चालक मात्रै हाेइन सडकमा रहेका चाैपाय समेत जाेखिममा छन । मेयर साप यसतर्फ ध्यान कहिले जान्छ ?






