नेपालगन्ज : बाँके,बर्दियालाई कर्णालीमा गाभ्ने अभियान बुलन्द भैरहदा काेहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्यले याे अभियान सकारात्मक रहेकाे र यसमा अाफ्नाे साथ सहयाेग रहने बताएका छन ।
सिद्धपाइला अनलाइन सङ्ग कुराकानि गर्दै मेयर आचार्यले याे अभियान पहिला पनि गरिएको हाे विविध कारणले अघि बढन सकेन अहिले जुन तह र तप्काबाट थालनि गरिएको छ याे सकारात्मक छ यसलाई निर्णायक विन्दुमा पुर्याएर यी दुई जिल्लालाई कर्णालीमा समाहित गर्नु पर्छ ।
बाँके, बर्दिया कर्णालीमा जानुकमे विकल्प छैन उनले भने वुटवल, पाल्पा, नवलपरासिसङ्ग हाेइन यी दुई जिल्लाकाे कर्णाली सङ्ग भावनात्मक, सास्कृतिक, सामाजिक साइनाे छ ।
भाैगाेलिक हिसावले पनि यी जिल्ला कर्णालीमा मिल्दा उपयुक्त हुनछ मेयर आचार्यका अनुसार बाँके, बर्दिया र कर्णालीकाे पुस्ताै पुरानाे सम्बन्ध टुटाउनु कुनै पनि हालतमा सहि हाेइन ।
ससदमा समेत आवाज उठिरहेकाे याे बिषय स्थानीय तहदेखि नै पेचिलाे बन्दै गएकाे छ । बाँके, बर्दियाका सबै स्थानीय तह कर्णालीकै पक्षमा देखिएका छन ।
अभियानकाे याे शुरुआत हाे बाँके, बर्दियाका सबै स्थानीय तह र सरकारि कार्यालयमा केही समयमै लुम्बिनी हटाएर कर्णाली प्रदेश लेखिने पक्कापक्कि जस्तै भएको छ । ससद र सदनमा यसका लागि आवाज उठसकेकाे छ । छलफल र बहस चलिरहेका छन ।
काेहलपुर नगरपालिकाले तयार पारेकाे एक सरकारि सुचनामा कर्णाली प्रदेश बाँके समेत लेखेर अभियानलाई अझ शसक्त पार्न सहयाेग गरेकाे नागरिक बुझाइछ ।
यस बिषयमा काेहलपुरका मेयर आचार्य बाँके बर्दिया कर्णालीमा जानैपर्ने बताउदै अहिले नै विज्ञापनमा नगरले नलेखेकाे तर,अरु कसैले नबुझेर लेखिदिएकाे स्पष्ट पार्छन । यसअघि नगरकाे एउटा विज्ञापनमा आएकाे बाँके कर्णाली प्रदेश नामले चर्चा पाएकाे थियाे ।






