ट्रेण्डिङ

नेपालगन्ज : एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा वलिकाे पानी जहाज सपना फेरिपनि मित्थ्या हुने निश्चित छ । किनकि यसका लागि अहिलेसम्म कतैपनि कानुन,कार्यविधि र पुर्वाधार तयार भएको देखिदैन ।

यसअघि प्रधानमनत्री हुँदैाकाे लामाे समयमा त कानुन बनाउन नसकेका वलीले अहिले ६ महिना एक बर्षकाे अबधिमा के पानी जहाज चलाउने सपना पूरा गर्लान् ? याे त समयले भन्ना, तर अहिलेकाे परिवेशमा याे सपना मित्थ्या हुने पक्का छ ।

पाटिभित्रै कमजाेर बनिरहेका वलिकाे याे याेजना पनि फेरि नेपाली जनताका लागि मात्रै ललिपप हुने एमाले बाँकेका एक शिर्ष नेता नै टिप्पणी गर्छन । उनी भन्छन वलि बाले गफैले मुलुक चलाउने भए ।

२०७४ सालमा प्रधानमन्त्री हुँदा वलीले यो योजनालाई उच्च महत्व दिएका थिए । २ फागुन २०७५ मा उनले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालय उद्घाटन समेत गरेका थिए । तर, साे कार्यालयमा अहिले धमिराकाेबास छ ।

पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ उनले भनेका थिए । याे गफै सावित भएको छ ।

कार्यालय खुलेको साढे पाँच वर्षमा उक्त कार्यालयले पानीजहाज सञ्चालन त परको कुरा नेपालभित्रकै नदी तथा जलासयमा सञ्चालनमा रहेका जल यातायातको दर्ता र नियमन पनि गर्न सकेको छैन ।

प्रधानमन्त्री वलीले भारतीय समुद्रबाट नेपालसम्म पानीजहाज चलाउने कुरालाई प्राथमिकताका राख्नअहिले पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय