नेपालगन्ज : बाँकेस्थित नेपालगन्जकाे सिमा क्षेत्रमा सुुरक्षार्थ खटिएका शसस्त्र प्रहरीका एसपि नगरानिमा परेका छन । सिमा क्षेत्रमा हुने तस्करीमा सहयाेग गरेकाे र धेरै असुलीमा लागेकाे गुनासाे आएपछि उनलाई शसस्त्र प्रहरी बलकाे केन्द्रीय मुख्यालय र आइजिपिकाे सचिवालयले निगरानीमा राखिएको हाे ।
यतिबेला जनपथ पुलिसले सिमामा चेकजाँच कडाइ गरेपनि शसस्त्रले तस्करसँगकाे मिलेमतोमा तस्करीलाई सहयाेग गर्नुका साथै असुली बढाएकाे सिमा क्षेत्रका नागरिक पनि बताउँछन् ।
सिमा क्षेत्र कडाइ गर्ने र अनुसन्धान तथा राजश्व अफिसलाई सहयाेग गर्ने भनेर सिमामा शसस्त्र राखिए पनि बाँकेमा शसस्त्रले लक्ष्य विपरित काम गरिरहेकाे गुनासे आएकाे शसस्त्र प्रहरी मुख्यालय श्रेात बताउँछ ।
शसस्त्रका आइजिपि राजु अर्यालले सिमामा तस्करीमा सहयाेग गरे, असुली गरे, घुमुवा खटाएर लाइन मिलाएकाे थाहा भए कमान्डर र सम्बन्धित शसस्त्रकाे जागिर नै चट गराउने चेतावनी दिएका छन ।
देशभरमा कतिय कमान्डर छानवीनमा परेकाे, कतिपयसंग स्पष्टीकरण मागिरहेको र बाँके लगायतका कतिपय कमान्डरलाई निगरानीमा राखिएकाे सचिवालय बताउँछ ।
अहिले आइजिपि सचिवालयमा बाँके सहित देशभरबाट परेकम उजुरी माथिि छानविन र अनुसन्धान चलिरहेकाे शसस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्याैपाने बताउँछन् ।






