ट्रेण्डिङ

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । तर, बाँके जिल्ला टपटेनमा समेत पर्न सकेन । नागरिक सेवा प्रवाहमा कमजोर देखिएकाे कारण बाँके टपटेनमा समेत पर्न नसकेकाे हाे ।

सधैं विवादित बन्दै आएकाे बाँकेमा यस अघिका ४ जना सिडियाे असफल भएर कारवाहिमा परेका थिए। यसले पनि यस पटककाे मुल्यांकनमा बाँके टपटेनकाे रिङ्गबाटै आउट भएको छ ।

भाैकाल धेरै मच्चाउने काम भने फुट्टि नगर्ने यहाँका सिडियाेहरुकाे नियतिले यतिवेला बाँके टपटेनमा समेत नपरेकाे नागरिक बुझाई छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम बाँकेले काम गर्न नसकेकाे देखिएकाे छ ।

यहाँ काम भन्दा हरेक सिडियाेकाे भाैकाल बढी हुने गर्छ । यद्यपि अहिलेका सिडियाे खगेन्द्र रिजालले के गर्छन याे भने हेर्न बाँकी छ ।

अहिले बाँकेलाई लुम्बिनीमा रुपन्देहिसँगै पाल्पा, राेल्पा र रुकुमपश्चिमले समेत उछिन्दै अघि बढेका छ ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा कार्यसम्पादन सम्झौता भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय