ट्रेण्डिङ

नेपालगन्ज : नेकपा एमाले बाँकेमा जिम्मेवारी बाँडफाँडका क्रममा चरम खुराफात र विभेद तथा मनपरितन्त्र भएकाे खुलेकाे छ ।

केन्द्रीय सदस्यहरुकाे निर्देशनमा पाटि अध्यक्ष निरक गुरुङ लटायत पदाधिकारीले मनपरि ढंगले जिम्मेवारी बाँडफाड गरेकाे नेता कार्यकर्ताकाे गुनासाे छ ।

जिम्मेवारी बाँडफाँडसँगै सचिवालय गठनमा समेत मनपरि र मापदण्ड विपरीत काम भएकाे एमाले जिल्ला कमिटी सदस्य समेत रहेका ऐनबहादुर हमाल बताउँछन् । उनका अनुसार पाटिकाे विधान विपरीत पदाधिकारीले मनाेमानि काम गरेका छन ।

१ सय २० जनाकाे जिल्ला कमिटीमा विधानत ३० जना सचिवालय सदस्य रहने भएपनि केन्द्रीय सदस्यहरुकाे दबाबमा पदाधिकारीले ४० जनालाई पहिले सचिवालयमा राखेका थिए ।

विधान विपरीत मनपरि ढंगबाट भएकाे उक्त कामकाे नेता कार्यकर्तासँगै लुम्बिनी प्रदेश सदस्यले आलाेचना गरेपछि पदाधिकारीले रातारात अघिल्ला ४० मध्ये १० जनाकाे नाम हटाएर सचिवालय सदस्यकाे संख्या ३० मा झारेकाे नेता घानाथ खनाल बताउँछन् ।

उनका अनुसार सिनियरलाई छाेडेर आफ्ना आसेपासेलाई सचिवालयमा राखिएको छ भने जिम्मेवारी बाँडफाडमा पनि साेहि अनुसार गरिएको छ ।

विधानत पदाधिकारीले सचिवालय बनाउने र जिल्ला कमिटीले अनुमाेदन गर्ने प्रावधान छ एक जिल्ला कमिटी सदस्यले भने याे हुन सकेकाे छैन ।

जिम्मेवारी बाँडफाँड र सचिवालय गठनमा प्रदेश कमिटी सदस्यसँग समेत कुनै राय नलिएकाे प्रदेश कमिटि सदस्यहरूकाे गुनासाे छ ।

मापदण्ड अनुसार जिल्ला कमिटी सदस्यकाे २५ प्रतीसत मात्रै सचिवालय सदस्य बनाउन मिल्छ ।

जिल्लाकाे जिम्मेवारी बाँडफाँडमा समेत एउटै व्यक्तिलाई ३/४ वटा विभाग दिइएको छ भने कतिपय सदस्यले जिम्मेवारी नै पाएका छैनन ।

यश बिषयमा जिल्ला कमिटी सचिव बलराम भट्टराईसँग प्रतिक्रीया लिन खाेज्दा सम्पर्क हुन सकेन । कतिपय पदाधिकारी यस बिषयमा बाेल्न चाहेनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय